नेपालमा हुने १३औं सागका लागि पूर्वाधार खोइ ?

नेपालमा हुने १३औं सागका लागि पूर्वाधार खोइ ?

काठमाडौं : नेपालले आयोजनाको जिम्मेवारी लिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि पूर्वाधार निर्माणमा सरकारले ध्यान नदिएकोप्रति पूर्व तथा वर्तमान खेलाडी र सरोकारवालाहरूले युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीसमक्ष चासो व्यक्त गरेका छन् । उनीहरूले सरकारले १३औं सागको भव्य आयोजनाका लागि तयारी थाल्नुपर्नेमा समेत जोड दिए ।

भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न १२औं सागको समापन समारोहमै तत्कालीन खेलकुदमन्त्री सत्यनारायण मण्डलको उपस्थितिमा नेपालले १३औं साग आयोजनाको जिम्मेवारी लिएको थियो । त्यसपछि दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले सन् २०१९ को ९ देखि १८ मार्चसम्म १३औं साग आयोजना गर्ने निर्णय गरेको थियो । यद्यपि प्रतियोगिताका लागि दुई वर्षभन्दा कम समय बाँकी रहँदासमेत पूर्वाधारको तयारी सुरु नभएको अवस्थामा खेलाडीले यस्तो चासो व्यक्त गरेका हुन् ।

दक्षिण एसियाली तथा एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई सम्मान गर्न मंगलबार मन्त्री केसी आपंmंैले आयोजना गरेको कार्यक्रममा दक्षिण एसियाका कीर्तिमानी धावक बैकुन्ठ मानन्धरले १३औं साग सफलतापूर्वक सम्पन्न गर्न सरकारले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए । ‘१३औं साग नेपालले गर्ने जिम्मेवारी लिइसकेको छ । साग खेलकुद खेलाडीका लागि पनि निकै महŒवपूर्ण छ’, मानन्धरले भने, ‘तर, त्यसका लागि भौतिक पूर्वाधार केही बनेको छैन । भएका पूर्वाधार पनि दयनीय अवस्थामा छन् । सरकार पनि अब साग सफलतापूर्वक सम्पन्न गर्ने तयारीमा लाग्नुपर्छ ।’

कराते महासंघका अध्यक्ष दावा गुरुङले आठौं सागमा नेपालले हासिल गरेको सफलतालाई दोहो¥याउने उद्देश्यसहित १३औं सागको तयारी थाल्नुपर्नेमा जोड दिए । ‘नेपालको खेलकुद इतिहासमा आठौं साग निकै सफल हो’, आठौं सागमा नेपाली टोलीका सेभ द मिसन रहेका गुरुङ भन्छन्, ‘नेपालले फेरि आयोजनाको जिम्मेवारी पाएको १३औं सागलाई पनि पदकको दृष्टिबाट त्यस्तै सफल बनाउने योजनासहित तयारी थाल्नुपर्छ ।’

कार्यक्रममा मन्त्री केसीले १३औं सागका लागि पूर्वाधार निर्माण पहिलो चुनौती भएको बताए । उनले आगामी सागलाई ध्यानमा राखी खेलकुदको पूर्वाधार भएका अन्य निकायसँग पनि जानकारी लिने कार्य भइरहेको बताए । ‘१३औं सागको तयारीका लागि धेरै समय छैन ।

यसको मुख्य चुनौती पूर्वाधार नै हो । त्यसै त हामीसँग कम पूर्वाधार छन् । भएका पूर्वाधारमा पनि भूकम्पले क्षति पु¥याएको छ’, मन्त्री केसीले भने, ‘त्यसैले सुरक्षा निकायमा रहेका खेलकुदका पूर्वाधारको विषयमा पनि जानकारी लिने प्रयासमा छु । पोखरालाई पनि ध्यानमा राखिएको छ । यस सम्बन्धमा सरकारले गम्भीर भएर काम गर्नेछ ।’

मन्त्री केसीले आफूले खेलाडीको प्रतिभालाई कुनै पनि हालतमा मर्न नदिने पनि बताए । ‘खेलकुदमा धेरै राजनीति हुन्छ भन्ने सुनेको छु, म त्यो हुन दिन्नँ’, केसीले भने, ‘खेलाडीहरू कडा परि श्रम र मेहनतबाट यो अवस्थामा आइपुग्नुभएको छ, त्यसैले तपाईंहरूको हौसला र ऊर्जालाई विभेद, अन्याय वा राजनीतिक कारणले मर्न दिन्नँ ।’ उनले खेलकुदको विकासका लागि आफूलाई सहयोग गर्न पनि सबैलाई आग्रह गरे ।

कार्यक्रममा उपस्थित सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सीमित सेवा र सुविधाका बीच खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई चिनाउने काम गरेको बताए । उनले देशको प्रतिष्ठा बढाउने खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताउँदै उचित वातावरण पाउने हो भने नेपाली खेलाडीसँग ठूलो फड्को मार्ने क्षमता भएको धारणा व्यक्त गरे ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीले हासिल गरेको पदकको वर्गीकरण गरी शिक्षा, स्वास्थ्य, यातायातजस्ता सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने माग राख्दै खेल र खेलाडीलाई प्राथमिकतामा राखेर काम गर्न सरकारसँग आग्रह गरे ।

खेलाडी संघका पूर्वअध्यक्ष एवं सागका कीर्तिमानी चार स्वर्ण विजेता तेक्वान्दो खेलाडी दीपक विष्टले खेलाडी सुविधा कार्यविधिमा समावेश गरिएको खेलाडीको सुविधाका विषयमा जानकारी गराउँदै कार्यविधिलाई क्याबिनेटबाट पारित गराउन पहलका लागि मन्त्री केसीसँग आग्रह गरे । कार्यक्रममा नयाँदेखि पुराना पुस्ताका पदक विजेता खेलाडी लगायतको उपस्थिति थियो । उनीहरूलाई मन्त्री केसी र बस्नेतले खादा र टीका लगाई सम्मान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.