भीमदत्त नगरपालिकाको बजेट १ अर्ब ६४ लाख

भीमदत्त नगरपालिकाको बजेट १ अर्ब ६४ लाख

महेन्द्रनगर : भीमदत्त नगरपालिकाको प्रथम नगर सभाले चालू आर्थिक वर्ष २०७४÷७५ का लागि १ अर्ब ६४ लाख बराबरको अनुमानित बजेट विनियोजन गरेको छ।
प्रथम नगर सभाबाट १ अर्ब ६४ लाख ९ हजार १ सय ६२ रुपैयाँको अनुमानित बजेट विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिए। नगर सभामा नगरपालिकाका उपप्रमुख सुशिला चन्द सिंहले नगरपालिकाको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन्।

नगरपालिकाले आन्तरिक आयतर्फ ४ करोड ६७ लाख २५ हजार रुपैयाँ, वित्तिय समानिकरणबाट ५८ करोड ३९ लाख ५३ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ताबाट १८ करोड रुपैयाँ, नगर विकासको ऋणबाट ६ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ।

सुदूरपश्चिम विकास आयोजनाबाट ३ करोड ५५ लाख रुपैयाँ, गत वर्ष मौज्जाद सरिआएको ७ करोड ३१ हजार १ सय ६२ रुपैयाँ, राजश्व बाँडफाँडबाट १ करोड ५० लाख रुपैयाँ, सडक बोर्डबाट ७२ लाख रुपैयाँ तथा अन्यबाट २५ लाख रुपैयाँ गरेर १ अर्ब ६२ लाख ९ हजार १ सय ६२ रुपैयाँ बजेट अनुमान गरिएको प्रवक्ता पाण्डेयले बताए।

खर्च अन्तर्गत चालू खर्चतर्फ ७ करोड रुपैयाँ, सामाजिक सुरक्षा भत्तातर्फ १८ करोड रुपैयाँ, सशर्त अनुदान खर्चतर्फ १७ करोड ७४ लाख ७४ हजार रुपैयाँ र अधुरा योजनातर्फ १ करोड २० लाख रुपैयाँ अनुमानित विनियोजन गरिएको छ। संघीय संरचना विकासका लागि ४८ लाख रुपैयाँ, एडीबी कार्यक्रमतर्फ ३ करोड ५५ लाख रुपैयाँ, नगरको फोहोर व्यवस्थापनतर्फ १ करोड २० लाख रुपैयाँ, बसपार्क निर्माणका लागि ७ करोड १५ लाख रुपैयाँ र अन्य विकास निर्माणका लागि पूँजीगत खर्च ५२ करोड ६६ लाख ३५ हजार १ सय ६२ रुपैयाँ खर्च हुने अनुमान गरिएको भीमदत्त नगरपालिकाले जनाएको छ।

‘भीमदत्त नगरलाई नमुना शहरका रुपमा विकसित गर्दै ७ नम्बर प्रदेशकै पुरानो र योजनाबद्व शहर नीति कार्यान्वयन गराईने छ’ प्रवक्ता पाण्डेले भने,‘ सोही अनुरुप अहिले बजेट, नीति तथा कार्यक्रमहरु ल्याईएका छन्।

नगरपालिकाको स्वामित्वमा रहेका पसल कोठाको नामसारी गर्दा सोही व्यक्तिको ३ पुस्ताभित्र नामसारी गर्ने तथा अन्य व्यक्तिको नाममा नामसारी नगरी नियमानुसार पसल कबुल बढाबढी प्रक्रियाद्वारा पसल कबुल भाडामा दिने, नगरपालिकाभित्रका विद्यालयमा शिक्षकको दरबन्दी विद्यार्थी र विषयगत आधारमा व्यवस्थापन गर्ने निर्णय सभाले पारित गरेको छ।

नगर चक्रपथ, नविकरणीय उर्जा, सडक यातायात गुरुयोजना, नगरपालिका परिसरको गुरुयोजना, फोहोरमैला व्यवस्थापन गुरुयोजना तयार गरेर लागू गर्ने लगायतका कार्यक्रमलाई प्राथमिकता दिएको छ।

भीमदत्त नगरपालिकाले सीमावर्ती नगरहरुसंग जोडिनका लागि आवश्यक अध्ययन गरी सडक निर्माण र भएका सडकहरुको स्तोरन्नती गर्ने, भीमदत्त नगरपालिकालाई देशकै उत्कृष्ट शिक्षा, स्वास्थ्य, पर्यटन, सुचना प्रविधि र वातावरण मैत्री नगरपालिकामा रुपान्तरण गर्ने लगायतका कार्यक्रम अघि सारेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.