महाकाली नदीमा चार लेनको पुल निर्माण सुरु हुँदै

महाकाली नदीमा चार लेनको पुल निर्माण सुरु हुँदै

महेन्द्रनगर: कञ्चनपुरमा पर्ने महाकाली नदी माथि बनाईने चार लेनको पुल निर्माण कार्य छिट्टै सुरु हुने भएको छ। पुलको निर्माण कार्य सुरु गर्ने अन्तिम तयारी भइरहेको सडक सुधार आयोजनाले जनाएको छ। चार लेनको पुलको ठेक्का कुमार सीएफईसी जेभीलाई परेको छ।
बैशाख २६ गते सडक विभागले पुल निर्माणका लागि टेन्डर आव्हान गरेको थियो। जसमध्ये कुमार सीएसईसी जेभीको बोलपत्र स्वीकृतीका लागि छनोट भएको सडक सुधार आयोजनाका प्रमुख बाबु ढकालले जानकारी दिए।
 
‘चाईनिज निर्माण कम्पनि सीएफईसी र कञ्चनपुरकै कुमार निर्माण कम्पनि संयुक्त रुपमा छनोट भएका छन्’ आयोजना प्रमुख ढकालले भने, ‘७ दिन छनोट आशयको सूचना जारी गरेका छौं, उक्त म्याद भित्र कसैको निवेदन नपरे सम्झौताको तयारी हुन्छ’। उनले आशय माग गरिएको समय सकिएपछि १५ दिनमा निर्माण कम्पनिलाई आव्हान गरिने बताए।
 
सम्झौता भएको १५ दिन पछिबाट निर्माणको अवधि सुरु हुनेछ। कुनै विवाद नआएमा अबको ३७ दिन पछि निर्माण ब्यवसायीले महाकालीको पुल निर्माणको काम सुरु गर्नुपर्नेछ। अहिलेको बनबसा पुल देखि झण्डै ७ किलोमिटर दक्षिण र महाकालीको झोलुंगे पुल देखि झण्डै अढाई किलोमिटर उत्तरमा ८ सय मिटर लामो चार लेनको पक्की पुल बन्नेछ।
 
झण्डै २१ दशमलव ६ मिटर चौडाई रहेको उक्त पुल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौताको तयारी भएको हो। पुलको बीचमा सहजै सवारी साधनहरुले दोहोरो आवागमन गर्न सक्नेछन्। पुल निर्माण योजना हेरिरहेका सडक विभाग अन्तर्गतको सडक सुधार आयोजनाका प्रमुख बाबु ढकालले झण्डै सवा तीन अर्वमा कुमार सीएफईसी जेभीलाई छनौट गरिएको जानकारी दिए।
 
भारतको खटीमा देखि ७ किलोमिटर बनबासातर्फ मुुख्य नाका रहने गरी भारतसँग सम्झौता भईसकेको सडक सुधार आयोजनाले जनाएको छ। महाकालीको पुल भएर दोधारा चाँदनी नगरपालिकाको जोगबुडा नदी भएर भारतको राष्ट्रिय राजमार्ग जोडने गरी सम्झौता यसअघि नै भईसकेको छ।
 
‘पुल निर्माण भइसकेपछि दुवै देशको नाका जोड्ने विषयमा उच्च स्तरमा सहमति भइसकेको छ’ आयोजना प्रमुख बाबु ढकालले भने, ‘स्थलगत रुपमा दुवै देशका अधिकारीहरु बसेर भारत र नेपालको दुवैतर्फको राष्ट्रिय राजमार्गसंग छोड्ने सहमति भइसकेको छ’।
 
महाकालीमा चार लेनको पक्की पुल बनेपछि प्रदेश नम्बर ७ को व्यापार र पारवहनको ढोका खुल्ने विश्वास लिईएको छ। यस क्षेत्रका उद्योगी व्यवसायीहरुले पुल निर्माण भएमा देशकै प्रमुख नाकाका रुपमा विस्तार हुने विश्वास लिएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लले पुल निर्माणले व्यापारको ढोका खोल्ने बताए।
 
‘पुल निर्माणसंगै औद्योगिक क्षेत्र स्थापना र सुख्खा बन्दरगाह निर्माणको कामले पनि प्राथमिकता पाउनुपर्छ’ उनले भने, ‘त्यसपछि कञ्चनपुर र प्रदेश नम्बर ७ मात्र नभई देशलाई फाईदा हुन्छ’ । कञ्चनपुर उद्योग वाणिज्यले लामो समयदेखी पुल निर्माणको माग सरकार समक्ष राख्दै आएको थियो।
 
 

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.