रोपाई जात्रामा युवाहरुबीच झडप

रोपाई जात्रामा युवाहरुबीच झडप

नुवाकोट: नुवाकोटको दक्षिणी भेगमा रहेको बेलकोटगढी नगरपालिका वडा नं. ६ दुई पिपलमा बुधबार रोपाई जात्राका क्रममा झडप भएको छ।

घटनामा दुई प्रहरी र १२ जना स्थानीय घाइते भएका छन। जात्रा भइरहेका बेला मोटरसाइकल चलाएको भन्दै यूवाहरुको दुई समुहबीच झडप भएको प्रहरीले जनाएको छ।

लाखे जात्रामा बुधबार अपरान्ह युवाहरुबीचको झडपले उग्र रुप लिएपछि नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। झडपमा प्रहरी जवानहरु दीपेन्द्रकुमार शाह र वीरचन यादवसहित स्थानीय १२ जना युवा पनि घाईते भएका छन्।

प्रहरीको हवाई फायरिङपछि स्थिति सामान्य भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.