यसरी बने बेलायती फुटबलर 'शिवका भक्त'

यसरी बने बेलायती फुटबलर 'शिवका भक्त'

लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु हुँदैछ । शुक्रबार हुने पहिलो खेलमा गत सिजन तालिकाको पाँचौं स्थानमा रहेको आर्सनलले लेस्टर सिटीको सामना गर्दैछ । लन्डनको इमिरेट्स मैदानमा हुने सिजनको पहिलो खेलका लागि आर्सनल र लेस्टरका खेलाडीका साथै सारा फुटबलप्रेमी उत्साहित भइरहँदा आर्सनलका फुटबलर थेओ वाल्कट भने फरक कारणले अहिले चर्चामा छन् ।

चेल्सी छाडेर आर्सनलमा आबद्ध भएका २८ वर्षीय बेलायती फुटबलर वाल्कट खेलका लागि नभई आफ्नो शरीरमा कुँदेको टाटुका कारण चर्चामा छन् । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुनै लाग्दा उनले आफ्नो ढाडमा ‘ओम नमः शिवाय’ लेखिएको टाटु कोरे । त्यो टाटु ट्विटरमार्फत सार्वजनिक गरेपछि क्षणभरमै उनको चर्चा चुलियो ।

भगवान् शिवको भक्त भएको भन्दै उनी सामाजिक सञ्जालमा निकै छाइरहेका छन् । इङ्लिस प्रिमियर लिगको २६औं संस्करणमा आर्सनलको जितहारभन्दा पनि वाल्कटको टाटुका विषयमा कसले के प्रतिक्रिया दिए भन्ने चर्चाले यतिबेला इङ्लिस फुटबललाई तताएको छ । वाल्कटले कुँदेको टाटु सार्वजनिक भएपछि लाखौं हिन्दुहरूले उनीप्रति सद्भाव दर्शाएका छन् ।

सामाजिक सञ्जालमा उनको चारैतिर प्रशंसा गरिएको छ । उनले टाटुसँगै ‘आफ्नो दिल खोल । डर, घृणा र जलनलाई स्थान नदेऊ । त्यसपछि मात्र कहिले पनि खत्तम नहुने खुसीको अनुभव गर्न सक्छौं’, भन्ने लेखेका छन् । उनले तस्बिरमा आफ्ना दुवै पाखुरामा पहिले नै बनाएको टाटु पनि प्रदर्शन गरेका छन् ।

पहिलेदेखि नै टाटुका सौखिन वाल्कटले केही समय पहिले दायाँ पाखुरामा संस्कृत भाषामा केही शब्द लेख्दै ट्विट गरेका थिए । १६ वर्षकै उमेरमा विश्वकप फुटबल खेलेका वाल्कट मिडफिल्डका सशक्त खेलाडी मानिन्छन् । उनले कम उमेरमै इङ्ल्यान्डबाट सन् २००६ को विश्वकप फुटबल खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.