डा. केसीको माग आजै संबोधन गर्न सरकारी कसरत

डा. केसीको माग आजै संबोधन गर्न सरकारी कसरत

काठमाडौं: सरकारले १९ दिन देखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीको माग शुक्रबार नै संवोधन गर्ने गरी कसरत अगाडी बढाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने अधिकार आगामी दिनमा गठन हुने चिकित्सा शिक्षा आयोगलाई दिने गरी विधेयक तयार पार्न संसदीय समितिलाई निर्देशन दिएका छन्।

आजै बस्ने संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिको बैठकमा नेकापा एमालेका सभासदले उक्त निर्देशन मान्न तयार भए सोही अनरुपको विधेयक आउने र डा.केसीले त्यसलाई स्वीकार गर्ने अपेक्षा मध्यस्थकर्ताहरुले लिएका छन्। समितिले शिक्षामन्त्रालयबाट मनाशाय पत्र प्राप्त गरी भौतिक पूर्वाधार तयार गरेका र नेपाल मेडिकल काउन्सिलबाट निरक्षण भई सकारात्मक पत्र प्राप्त गरीसकेका निजी मेडिकल कलेजलाई सम्बन्धन दिने गरी विद्येयक ल्याउने तयारी गरेको थियो।

बिहीबारको समितिको बैठकमा नेपाली कांग्रेस, माओवादी र मधेसकेन्द्रीत दलका सांसदहरुले हतारमा विधेयक पास गर्न नहुने अडान राखिएपछि समितिबाट पारित हुन सकेको थिएन।

राती अवेरसम्म डा. केसीको जीवन रक्षा र माग संवोधनका लागि बीचको बाटो निकाल्न शिक्षा र स्वास्थ्यका वर्तनमान र पूर्वमन्त्रीहरु, माथेमा कार्यदलका संयोजक डा. केदारभक्तमाथेमा, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ,डा. भगवान कोइराला, डा. अर्जुन कार्की लगायतको बैठक बसेको थियो।

शुक्रबार विहान उक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि मन्त्री देउवाले डा. केसीको जीवन रक्षा र माग संवोधनका लागि आजै काम गर्न निर्देशन दिएका थिए। त्यसका लागि छलफल सकारात्मक तरिकाले अघि बढेको पूर्व स्वास्थ्यमन्त्री गगन थापाले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.