बागमती महाजल जात्रा भदौमा

 बागमती महाजल जात्रा भदौमा

काठमाडौं (अन्नपूर्ण): वागमती नदीको सफाइसँगै महाजलजात्रा महोत्सव २०७४ को आयोजना हुने भएको छ। 'कर्तव्य बनाऔं वागमती सफाई, स्वच्छ नदी हाम्रो सन्ततिलाई' भन्ने नारासहित आगामी भदौ ३ गतेदेखि मनाउने तयारी भएको छ।

नेपाल नदी संरक्षण संस्था र फेण्ड्स क्लव कोपुण्डोलको संयुक्त आयोजना हुने जात्रा नेपाल पर्यटन वोर्डले प्रवर्धन गरेको छ। वागमती सफाई महाअभियान, वाग्मती सभ्यता एकीकृत विकास समिति, साइकल सिटी नेटवर्क नेपाल, नेपाल एसोसिएसन् अफ र्‍याफिटिङ्ग एजेन्सिज् र हिमालयन रिभर गाईड एसोसिएसन् नेपालले जात्रामा सहयोग गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनायो। कोपुण्डोल, वागमती पुल, ललितपुरमा मनाउदै आएको वागमती नदी महोत्सव २०७४ यस बर्ष १७ औं संस्करण मनाउने तयारी गरिएको हो।

उपत्यकाको मुख्य सभ्यताको आधार नै वागमती भएकाले सफा वागमती बनाउने महोत्सवको उद्देश्य रहेको छ। वागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न योग्य, पानी खान योग्य, तथा मृतकहरुको लागि शुद्ध जल तर्पण योग्य वनाउनु पनि मुख्य उदेश्य भएको आयोजक समितिले जनायो।

महोत्सवको उद्घाटन समारोहमा मूख्य अतिथिको रुपमा शताव्दि पुरुष सत्यमोहन जोशी रहने छन्। महोत्सवमा बागमती सफाइ महाअभियानको दुई सय २३ औँ हप्ताको अवसरमा दीप प्रज्वलन गरी बागमती अभियन्ताहरुद्वारा नदीमा अर्पण गरिनेछ।

महोत्सवमा र्‍याफ्टिङ्ग, विद्यालयस्तरमा चित्रकला प्रतियोगिता, बागमती किनार सरसफाई, हेरिटेज साईकल र्‍याली, फुड तथा शैक्षिक स्टल, रिक्सा र घोड सवारी, चित्र र फोटो प्रदर्शनी, कुटुम्ब, ओभर एन् आउट, ब्रडरहुड, हाउस अफ् होप व्याडको लाईभ कन्सर्ट हुने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.