सर्वोच्च परिसरमा चूडामणि शर्मासँग भाइको कानेखुसी (फोटोफिचर)
काठमाडौं : १० अर्ब बढी भ्रष्टाचार आरोपमा थुनामा रहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई शुक्रबार सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिँदा रोचक दृश्य देखिए ।
सर्वोच्च अदालत परिसरमा उपस्थित भएका शर्माका सालीहरु नाचिरहेका थिए । उनकी पत्नी कल्पना उप्रेती शर्मा खुशीको खबर आफन्तलाई साट्न टेलिफोनमा व्यस्त थिइन् । उनका भाइ परशुराम शर्मा भने दाजुसँग कानेखुसी गर्दै थिए ।
हातमा कानुन र धार्मिक पुस्तक, शरीरमा कोर्ट पाइन्ट, निधारमा चन्दन लेपन गरेका शर्मा सर्वोच्चबाट प्रफुल्ल मुहारमा बाहिरिए । सर्वोच्चले शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि सामाजिक सञ्जालमा भने न्याय मरेको भन्दै सर्वोच्च अदालतको चर्को आलोचना भएको छ ।