बिप्लवलाई चुनौती:प्रमाणित गर,फाँसीमा झुण्डिन तयार छु

बिप्लवलाई चुनौती:प्रमाणित गर,फाँसीमा झुण्डिन तयार छु

मैले पार्टी परित्यागको घोषणापछि विभिन्न मिडिया र सामाजिक सञ्जालहरुमा आम पार्टी कार्यकर्ताहरुलाई गुमराहमा पार्न अनि जनतामा भ्रम सिर्जना गर्न नेकपाले संस्थागत रुपमा नितान्त अराजनीतिक र मेरो व्यक्तिगत चरित्र हत्या गर्न गोयवल्स शैलीमा प्रचार गरिरहेको छ । यसबाट नेकपाको नेतृत्व रन्थनिएको कुरा प्रष्ट बुझ्न सकिन्छ । मैले यो कुरा बुझेर नै नेकपाका नेता कार्यकर्ताहरु निकै तल गिरेर मिथ्या आरोपहरुमा केन्दि«त हुदाँ समेत खासै प्रतिवाद गरिन । किनकी मैले राजनितिक वैचारिक तहमा देखिएका गैर सर्वहारावादी प्रवृत्तिहरुलाई उजागर गर्दै, त्यसले पार्टी संगठन निर्माण र संघर्षमा देखिएको दिशा हिनताको समस्यालाई प्रष्ट गर्न खोजेँ । जो कुरा यस अघिको विज्ञप्ति मार्फत स्पष्ट ढंगबाट बुझ्न सकिन्छ । अथवा मेरो वक्तव्य अराजनैतिक र व्यक्ति केन्दि«त थिएन । यो सबैले बुझेको कुरा भयो । यसबाट नेकपा र यसका नेता कार्यकर्ताहरु यति धेरै छट्पटिनु जरुरी छैन । किनकी यो पार्टीका कार्यकर्ताहरुबाट मात्र होइन, पार्टीको मूल नेतृत्वबाट भौतिक रुपमा बाँकी नराख्ने सम्मका धम्की आउदा समेत मैले धैर्यता गुमाएको छैन । तथापि नेकपाका नेता कार्यकर्ताहरुले जसरी मेरो नितान्त अराजनैतिक र चरित्र हत्या गर्ने खालका आरोपहरु लगाएपछि त्यसको खण्डन गर्नै पर्ने बाध्यता सिर्जना भयो ।
१. कथित सुचना बेचेको आरोपबारे
यो मालेमावादी चिन्तन र बिचारबाट च्यूत भएका पाखण्डीहरुको आरोप हो भन्दा अतियुत्ति हुने छैन । किनकि मलाई सुचना बेच्ने के हो ? कसरी बेचिन्छ ? म एउटा अनविज्ञ कार्यकर्ता हुँ । न मेरो कुनै मिडियासंग चिनजान छ न त सम्पर्क नै बरु यो तिमीहरुको पार्टी भित्रको जब्बर समस्या हो । न स्थायी कमिटीका निर्णय बाँकी रहे न पिवी कै । बैठक सकिएकै हुदैनथ्यो तिम्रा दस्ताबेज र निर्णयहरु बग्रेल्ती मिडिया र छापाहरुमा निस्कन्थे । अहिले पनि आइरहेका छन् । यो समस्या तिमी भित्र खोज । आरोपहरुमा अलिकति सत्यता हुनु पर्ने होइन र ? पाखण्डीहरुलाई थाहा हुनुपर्ने हो यसरी झुठको साहरा लिएर गुजारा कति दिन चल्छ ?
२. पार्टीका नाममा चन्दा उठाएर करोडौं सम्पत्तिको मालिक बनेको कथित आरोप बारे ।
मैले चन्दा कति उठाएँ र कसरी को को बाट उठाएँ? म कार्यरत क्षेत्रका कार्यकर्ता र चन्दादाताहरुलाई थाहा छ । मैले चन्दा संकलन गर्दा एक्लै डील गरेर पैसा उठाएको एउटा तथ्य सार्वजनिक गर । मैले जसरी र जत्ति आर्थिक संकलन भयो संस्थागत गरेँ । यसको लागि यथेष्ट तथ्यहरु मसंग सुरक्षित छन् । तिमी पूर्वाग्रहीद्धारा ग्रसित मनुवाहरुलाई थाहा नभए पनि मसंग कति करोडको सम्पत्ति छ मेरो परिवार समाज र जिल्लाबासीलाई थाहा छ । मेरो नेपालगञ्जमा घर, फेन्सी पसल र धन्दाको कुरा छ । तिमीहरुले दुनियाँलाई देखाउन सक्छौ ? घर र फेन्सी कहाँ नेर छ ? र अरु धन्दाहरु कहाँ कहाँ छ सार्वजनिक गर्न चुनौती दिन्छु यी पाखण्डी आरोपहरुमा कुनै तुक छैन । मैले मेरो जन्म थलो आफ्नो गाँउभन्दा बाहिर घर र पसलको त के कुरा एक आना जमिन म मात्र होइन मेरा परिवारका सदस्यहरुको नाममा कतै देखिएछ भने तिमीहरुले दिने फाँसीको सजाय स्वीकार्य छ ।
हो मैले पार्टी भित्र आर्थिक सांस्कृतिक अराजकता र मुख्यत अपारदर्शीताको विरुद्धमा लामो समय संघर्ष गरे । कैयन सिसिएमहरु आशकित हुनु हुन्छ । अपर कर्णाली, एनसेल प्रकरण, चितवनको जग्गा बिक्री, जबस नेतृत्व र केही सिसिएम्हरुले बुझाएको पैसा केन्द«को आयमा जम्मा भएन भनेर नेतृत्व प्रति रोस प्रकट गरेको कुरा मेरो दिमागमा ताजै छ । म पनि यस्तो कुराबाट प्रभावित नभएको होइन । तर पनि व्यक्तिगत टिका टिप्पणीमा अहिले सम्म लागेको थिइन । हिजो पनि जे गरे संस्थाकै हितमा बोले र गरेँ । तर तिमीहरु जस्तै गिरेर आरोप लगाउने हो भने सयौं आरोपहरु तथ्य सहित पेश गर्न सकिन्छ तर म अझै संयम छु । अर्को कुरा तिम्रा कर्तूत र धन्दा त खुल्दै जालान् जनताले धैर्य मात्र गर्दै जानु पर्छ । तर यतिबेला भन्नै पर्ने कुरा के छ भने तिमीहरुका जीवनशैली जनतासंग त दाँज्नै सकिदैन बरु सम्भ्रान्त परिवारसंग पो मेल खान्छन् त । एउटा कुरा तिमीले देश र विदेशमा आफ्ना छोरा छोरीहरुलाई डाक्टर, इन्जिनियर, पढाइरहेका छौ, तिमी महलमा बस्छौ र प्राडो पजेरो चढ्ने गर्छौ । स्रोत के हो कमरेड ? तिमीहरुका छोरा छोरी बुलेट बाइकमा सवार हुन्छन् यसको जवाफ दिनुपर्छ । अरुलाई भन्न कति सजिलो हुन्छ है, आफूतिर फर्केर हेर त अनि गमेर पढ त आफुलाई । तिम्रा आदर्श र व्यवहारमा आकाश जमिनको फरक देख्नेछौ ।
त्यसैले तिमीहरुले म माथि लगाएका आरोपहरु घोर संकृणता र पूर्वाग्रहीबाट ग्रसित केही मान्छेहरुका आरोप मात्र हुन् जो निन्दनिय छन् । तिमी र तिम्रा कार्यकर्ताहरुले लगाएका आरोप र प्रयोग गरिएका भाषा र शैली हेर्ने हो भने तिमीहरु कम्युनिष्ट होइन जब्बर सामान्ती युगमा भएको आभास मिल्छ । मैले यी बिषयहरुमा सामाजिक सञ्जाल मार्फत खण्डन मात्र गरेको छैन, पुष्टि गर्न समेत चुनौती दिईसकेको छु ।
३. पार्टीकै दलित नेताको अपमान गरेको कथित आरोप बारे ।
खण्डन गर्न धेरै शब्द खर्चिनु आवश्यक छैन । तर वर्गीय उत्पीडन र सामाजिक विभेदको लडाँईमा बषौं लडेको मान्छे हुँ र अझै जीवन पर्यन्त लड्नेछु । विभेदकारी सोच र संकृणताले ग्रसित तिमीहरु पो छौ त । दुश्मन नै किन नहोस् मिथ्या आरोप र जंगली भाषाको प्रयोग किमार्थ गर्न सक्दिन म । तिमीहरुको झुठो आरोप र असभ्य भाषाबाट तिम्रो चरित्र र संस्कार मज्जाले बुझ्न सकिन्छ । हो, मैले पार्टी भित्रका खराब प्रवृत्तिका बिरुद्ध लडे र कैयन कमरेडहरुलाई गलत प्रवृतिको शिकार नबन्न आग्रह गरे । यसो गर्दा मेरा केही स्वाभाव जन्य कमजोरी रहन गए होलान् तर कोही बाबु साब र दलित भनेर कहिल्यै विभेद गरिएन । केही अराजकताको सिमा नाग्नेलाई कारबाही समेत गरियो जो पार्टीको हितको निम्ति सामुहिक निणर्य थियो । कैयन ठाँउमा तिम्रो पार्टी र कार्यकर्ता बद्नाम छन् । यसले पार्टीको हित पनि गर्दैन । तर केही भ्रष्ट कार्यकर्ताको व्यवहार र नेतृत्वको सोचमा भएको अनौठो मेल मैले बुझ्न सकिन ।
नेतृत्वको दिमागमा क्रान्तिको सुस्पष्ट खाका र क्रान्तिको नेतृत्व गर्न लायक पार्टी निर्माण सम्बन्धि स्पष्ट वैज्ञानिक सोच हुने हो भने जनताबाट अनुमोदित भएका कार्यकर्ता र पार्टी निर्माण गर्न धेरै समय कुर्नु पर्दैनथ्यो । यही विश्वासका साथ स्टेप चाल्दा नेतृत्व यति धेरै पूर्वाग्रही होला भन्ने कल्पना नै गरेको थिएन । जसका कारण आज क्रान्तिका नायक भनिनेहरु द्धारा लगाइएका संगीन आरोपहरुको सामना गर्दैछु ।
४. रविन्द« शाहको हत्याको मुख्य योजनाकार भनेर लगाइएको कथित आरोप बारे ।
धिक्कार छ प्रतिशोधी मानसिक रोगबाट ग्रस्त संकिर्ण र पूर्वाग्रही महान् क्रान्ति नायकहरुलाई । रविन्द शाहको हत्याको कुरा मेरो कल्पना भन्दा बाहिरको कुरा थियो । मृतक रबिन्द शाह र हाम्रा साथीहरु बीचको हात हालाहालको स्थिति बनेपछि तत्काल बदला लिने प्रतिशोधी भावनाहरु उठ्नु पनि अस्वाभाविक थिएन । जो क्रमशः मथ्थर हुदै गइरहेका थिए । यो घटनाको कैयौ महिनापछि रबिन्द शाहको हत्याको घटना घट्यो । जसले हामी सबै जाजरकोट बासीलाई स्तव्ध बनायो । प्रहरीको अनुसन्धानबाट हाम्रै साथीहरुलाई अभियुक्तको रुपमा जिल्ला अदालत पेश गरी कारबाही चलेको स्थिति हो । भ्रष्ट र बद्नामहरुलाई देशै भरी र हाम्रो व्युरो अन्तर्गतका जिल्लाहरुमा पनि जनकारबाही गर्ने कुरा नभएको होइन । तर पार्टीको व्यक्ति हत्या गर्ने नीति नभएको कुरा स्पष्ट गरियो । मैले जिल्लाका जिम्मेवार कमरेडहरुलाई बुझ्दा हामीले त्यस्तो कुरा सोचेकै होइन भन्ने जवाफ पाएँ । केही साथीहरुलाई हप्काइयो पनि ।
अर्को कुरा प्रहरीबाट पनि व्यापक अनुसन्धानको प्रकृया सुरु भयो । मेरै विषयमा पनि प्रहरीले गहिरो अनुसन्धान गरेको र कुनै तथ्य प्रमाण नभेटिएको कुरा कानुनी अधिवक्ता ज्यु मार्फत बुझेँ । प्रहरीको अनुसन्धानपछि रविन्द« शाहको हत्याको योजना नभएको र कुटपिट गर्ने क्रममा अधिक वल प्रयोग भई रविन्द«को ज्यान गएको कुरा जिल्ला सरकारी वकिलको रह्यो । करिब यो सत्यताको नजिक जस्तो लाग्यो । यो घटनामा संलग्न भनिएका मान्छेहरु पनि व्यवस्थित योजना बनाइ गएको कुरा बुझिदैन भने कथित हत्याको योजनामा मेरो सहभागिताको त प्रश्नै आएन । जिल्ला अदालतबाट पनि फैसला होला, त्यो हेर्न बाँकी नै छ । तर यहाँ क्रान्तिका महानायक कहलिएका महासचिव र उहाँका कारिन्दा प्रबक्ताको आरोप हेर्दा कति निच र घटीया मनोवृत्तिका मान्छे रहेछन् भन्ने कुरा जनताले बुझ्न समय लाग्ने छैन । आरोपहरुमा केही आधारहरु पनि त हुनु प¥यो । यदि म हत्याको मुख्य योजनाकार हुँ भने सहयोगी सलंग्नहरु को को हुन् ? के प्रहरीले किटान गरेका अभियुक्तहरु सबैजना हत्याको उद्देश्यद्धारा प्रेरित थिए त ? जवाफ देऊ । कुरा यति मात्र होइन यदि रबिन्द« शाहको हत्या तिमीहरुले भने जस्तै योजना बद्ध थियो भने के तिमीले दोषी देखेका मान्छेहरुलाई कारबाही गर्न र मृतकका परिवारहरुलाई न्याय दिन सक्छौ ?
तर, पार्टी भित्र विवादको चुरो कुरो अर्कै थियो । राजनितिक ढंगले उठाएको विषयमा अराजनैतिक ढंगले आरोप लगाइसकेपछि जनताको बिचमा सत्य उद्घाटन गर्नै पर्छ । वास्तविक विवादको कुरा यस्तो छ – पार्टीका सबै साथीहरु प्रहरीको निगरानीमा थिए, यही कारण जाजरकोटको पार्टी अस्तव्यस्त थियो । पश्चिमी व्युरो संयुक्त प्रशिक्षणको सन्दर्भमा जिल्लाका जिम्मेवार साथीहरुलाई लिएर महासचिवसंग भेट्न गयौ ।

सबै साथीहरुले रिपोर्ट राखिसकेपछि महासचिवले विषय राख्दै गर्दा भन्नु भयो “ मान्छे खराब रहेछ ठिकै भयो उसका कुकृतिहरु केके हुन् उल्लेख गरेर पर्चा निकालेर जिम्मा लिनु पर्छ ’’ भनेर भन्नु भयो । विषय अनौठो लाग्यो । साथीहरु मुखामुख गर्न थाल्नुभयो । हाम्रो अपेक्षा थियो यस्तो के गरेको पार्टी नीति विपरीत भनेर हप्काउनु होला र सम्भाउनु होला जे होस् गलत परिणाम आयो सामना गरेर जाऔ भन्नु पर्ने हो । महासचिवको जिम्मा लिने कुरा पछि मैले ठाडै असम्भव भनेर तिरस्कार गरे । अझै उहाँले मतिर इंगित गरेर जिम्मा लिने कुरा गरिसकेपछि मैले भने “ न पार्टीको व्यक्ति हत्या गर्ने नीति छ,न व्युरोको योजना, न त निर्देशन मैले किन जिम्मा लिने’’ भनेर प्रतिवाद गरेँ । २०७४ बैशाख १४ को मित्र पार्टी प्यालेसको केसको वैठकमा पनि यस्तै यस्तै प्रतिवाद पछि जिम्मा तपाई नलिने हो भने म लिन्छु भनेर महासचिवको धम्की पछि म केसको वैठकबाट बाहिरिए । विवादको चुरो कुरो यही हो । यो सच्चाईलाई कमरेड माहासचिवले जस्तोसुकै तिक्डम र कुतर्क गरे पनि ढाकछोप गर्न सक्नु हुन्न । यसका साक्षी सबै सिसिएम्हरु जिउदै हुनुहुन्छ ।
महासचिव जस्तो मान्छेले यस्तो मूर्खता पूर्ण कुरा किन गर्नु भयो त ? कुरा बुझ्दै जादाँ जोसुकै मारियुन् र जोसुकै जेल जाउन् कुनै संवेदनशीलता नै देखिएन । उहाँको उद्देश्य भालुको मन कोदो माथि भनेझै हत्याको जिम्मा मातहतका पार्टीले लियो भने “देख्यौ यसरी फटाहाहरु मारिदै छन्’’ भनेर प्रचार गर्ने र केही कुत्सित राजनीतिक प्रभाव बिस्तार गर्ने र अथाहा आर्थिक संकलनको मार्ग फराकिलो बनाउने । केही लाखको ठाँउमा केही करोडको संकलन गर्ने अर्को कुरा हामीलाई मुद्दामा भिडाएर पूर्वाग्रही पनि साँध्न पाइयो । यो भन्दा अरु उद्देश्यबाट जिम्मा लिने कुरा उहाँले उठाएको जस्तो लाग्दैन यो उहाँको आफ्नो आंकक्षा पुरा गर्ने प्रतिशोधी मनोवृति हो ।
यस्ता घटिया र अराजनैतिक आरोप लगाउने हो भने चाहे जनयुद्धकालमा होस चाहे शान्तिकालमा पार्टी भित्र ब्यक्ति सफायका विषयमा बहस हुँदा मैले जहिले पनि ब्यक्ति हत्याको बिरुद्धमा मेरो मत जाहेर गरेको कुरा इतिहास साक्षी छ । यसबाट तिनिहरुले लगाएको हत्याको अभियोग संकिर्ण चिन्तनबाट ग्रसित पूर्वाग्राही मानसिकताको उपज हो । आज तिमीहरुले लगाएका संगीन आरोपबाट निश्चित रुपमा मेरा शुभचिन्तक र आफन्त भ्रमित हुनुभएको छ । मेरा परिवारका सदस्यहरु मेरो श्रीमती र छोरीहरुले आँखाबाट पिडा र आक्रोसका आँसु झार्दै प्रश्न गरिरहेका छन् । के रविन्द« शाहको हत्यारा तपाई हो ? अनि तपाईले त्यो करोडौको सम्पत्ति कहाँ राख्नु भएको छ र नेपालगञ्जमा घर र फेन्सी पसल कहाँ छ भनेर प्रश्न गरिरहेका छन् । मैले जवाफ दिने गरेको छु छोरी यी अशत्ति र दुष्टहरुका आरोप नसुन र यसको कुनै पर्वाह नगर ।

५. बैठकमा अनुपस्थित भन्ने कथित आरोपबारे ।
केन्द«ले बोलाएको सबै बैठकहरुमा उपस्थित हुदै आएको छु । पछिल्लो केसको बैठकमा औपचारिक ढंगले नबोलाएपछि जाने दुश्साहस गरिन ।
अन्तमा क्रान्तिकारी राजनितिको आवरणमा म माथि लगाइएका आरोपहरु प्रतिशोधी भावनाद्धारा ग्रसित अपराधिक मनोवृत्तिका उपज हुन् । म मान्छे हुँ र मानविय कमजोरी नहुने कुरा भएन । तर फेरि पनि म तिमीहरुले लगाएका आरोपहरु एउटा मात्र पुष्टि गर तिमीले दिने भनिएको फाँसीको सजायमा लट्किन तयार छु ।

(लेखक नेत्रवित्रलम चन्द नेतृत्वको नेकपा छोडेर केही समय अगाडि मात्रै वाहिरिएका नेता हुन् ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.