सरकारसँग सम्झौता गर्न गएनन् डा. केसी

सरकारसँग सम्झौता गर्न गएनन् डा. केसी

काठमाडौं: आफ्नो माग हुवहु समावेश गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तयार नभएको भन्दै डा. केसीले सरकारसँग वार्ता गर्न नमानेपछि शनिबार पनि उनीसँग सम्झौता हुने संभावना क्षण बनेको छ।

वार्ताका लागि सरकारी अधिकारीहरु सिंहदरबारमा केसी पक्षलाई कुरिरहे पनि आफ्नो मागलाई हुवहु विधेयकमा समावेश नगरेको भन्दै सकरारसँग वार्ताको औचित्य नभएको खवर पठाएका हुन।

वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले सम्झौता पत्रको ड्राफ्ट समेत तयार पारी डा. केसी पक्षलाई कुरिरहेपनि उनीहरु नआएको बताए।उनका अनुसार उनकै सहमित अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आउन लागेको र अन्य माग संवोधनका लागि पनि सरकार तयार रहेको तर उनी सहमतिका लागि तयार नभएको बताए।

शुक्रबार डा. केसीकै सहमतिमा प्रधानमन्त्री सहितको उच्चस्तरीय बैठकमा भएको सहमति अनुसार संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको पूर्ण बैठकले राष्ट्रिय चिकित्सा विधेयक पारित गरेको थियो।

विधेक पास भइसेपछि भने उनले माथेमा कार्यदलको प्रतिवेदनको मर्म अनरुप विधेयक पास नभएको र त्यसलाई नसच्चाएसम्म अनशन नतोड्ने प्रतिक्रिया दिएका छन्। विधेयकमा ऐन आएपछि बन्ने चिकित्सा शिक्षा आयोग र स्वास्थ्यमन्त्रालयले तयार गरेको मापदण्ड पुरा गर्ने मेडिकल कलेजलाई सम्बन्धन दिइने छ।

त्यसका लागि दुई वर्ष अस्पताल सञ्चालन गर्नु पर्ने छ भन्ने प्रावधानमा डा. केसीले सहमति जनाएको उनका तर्फबाट उपस्थित भएका चिकित्सकहरुले बताएपछि अघि बढेका थियौं, 'प्रधानमन्त्री सहितको उच्चस्तरीय बैठकमा सहभागि एक सदस्यले अन्नपूर्णसँग भने ,'डा. केसीकै सहमतिमा विधेयक पारित समेत भइसक्यौ।

अहिले आएर मान्दिन भन्न कसरी पाइन्छ ?' डा. केसीले नै सहमति जनाएपछि विधेयक पास गरिएको र अव सच्चाउन मुस्किल पर्ने श्रेष्ठले बताए। उनको जीवन रक्षाका लागि सहमति जुटाउन दिनरात खट्नेहरु समेत निरास भएका छन्।

स्रोत अनुसार नेपली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा, माओवादी केन्द्रका नेता एवं पूर्व उप्रप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, डा. भगवान कोइराला लगायत पनि डा. केसीकै सहमतिमा विधेयक पारित भएको तर अहिले त्यसलाई उहाँले स्वीकार नगरेको भन्दै निरास भएका छन्।

यसैबीच डा. केसीको माग सरकारले पुरा नगरेको र उनको जीवन धरापमा परेको भन्दै उनका समर्थकले शनिबार राजधानीमा प्रदर्शन गरेका छन्। माइतीघरबाट सुरु भएको प्रर्दशन बानेश्वर चोक नजिक आएर सभामा परिणत भएको थियो। प्रदर्शनमा डा. केसीका समर्थक चिकित्सक, विद्यार्थी, साझा पार्टीका कार्यकर्ता लगायत सहभागि थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.