भत्किएको घोराही-तुलसीपुर सडक खण्ड निर्माण थालियो

भत्किएको घोराही-तुलसीपुर सडक खण्ड निर्माण थालियो

तुलसीपुर: अबिरल बर्षाका कारण भत्किएको दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तरगतको तुलसीपुर मोतीपुरमा सडक निमार्ण गर्न थालिएको छ।

सासाद डिल्ली बहादुर चौधरीको प्रयास र पहलमा सडक डिभिजन कार्यालयले दिउसो देखि भासिएको सडक गर्न गर्न थालेको हो।

आइतवार विहान सम्ममासडक निर्माण सम्पन्न भइसकने गरि काम सुरु गरेको सडक डिभिजन कार्यालयका सुचना अधिकारी दुर्गा गौतमले जानकारी दिए।

शुक्रबार रातीको अबिरल बर्षाले घोराही–तुलसीपुर सडक खण्डको मोतिपुरमा भासिदा आवागमन समेत बन्द भएको छ। सडक निर्माणको लागि दुइवटा सेसिजले काम गरिरहेका छन भने अहिले ह्युम पाइप राखेर अस्थायी प्रकृतीको सडक निर्माण गरिन लागेको गौतमले वताए।

जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले तत्काल निमार्ण थाल्न सडक कार्यालयले आफुले आग्रह गरे पछि निर्माणको काम सुरु भएको सासद चौधरीले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.