अम्बिकाबहादुर स्मृति राष्ट्रिय जुडो सुरु

अम्बिकाबहादुर स्मृति राष्ट्रिय जुडो सुरु

काठमाडौं : राष्ट्रिय टिम छनोटका रूपमा समेत रहेको आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगितामा शनिबारदेखि सुरु भएको छ । सातदोवाटोमा भएको प्रतियोगिताको पहिलो दिन पुरुष÷महिलामा समान चार चार गरी आठ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता अन्तर्गत महिलाको ४८ केजीमुनि त्रिभुवन आर्मी क्लबकी सुमित्रा राई, ७० केजीमुनि १३औं दक्षिण एसियाली खेलकुद (साग)की कांस्य विजेता गंगा चौधरी र ७८ केजीमाथि आर्मीकी आकृति जोशीले राष्ट्रिय टिममा स्थान बनाए ।

फाइनलमा सुमित्राले आफ्नै क्लबकी सुस्मिता लवतलाई पराजित गरिन् । यो तौल समूहमा यसअघि नेपाल प्रहरी क्लबकी सरिता चौधरी राष्ट्रिय टिममा थिइन् । सरिता प्रतियोगितामा सहभागी भइनन् । गंगाले सीतु बोर्डिङ स्कुलकी मग्नोलिया श्रेष्ठलाई फाइनलमा हराइन् । राष्ट्रिय टिममा रहेकी न्यु होराइजन क्लबकी सुनीता मगर ताम्राकार शीर्ष तीन स्थानमै अटाइनन् ।

त्यस्तै आकृतिले राष्ट्रिय टिममा रहेकी कञ्चनपुरकी सुनीता बोहराको चुनौती समाप्त पारिन् । स्वर्गीय अम्बिका बहादुरका परिवारको प्रायोजनमा नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको महिला ५७ केजीमुनि १३औं सागकी रजत विजेता आर्मीकी मनीता श्रेष्ठ प्रधान पहिलो भइन् । मनीताले फाइनलमा नेपाल एपीएफ क्लबकी देविका खड्कालाई पाखा लगाइन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुषको ५५ केजीमुनि बन्दी सहायता नियोग (पाम)का रोशनबहादुर दोङ पहिलो भए । उनले फाइनलमा ओसिडका हरिराम चौधरीलाई निराश पारे । ६६ केजीमुनि १३औं सागका कांस्य विजेता पामका इन्द्रबहादुर श्रेष्ठ पहिलो भए । उनले फाइनलमा रसुवाका सुनील नगरकोटीलाई पन्छाए ।

पुरुष ८१ केजीमुनि केन्द्रीय जुडो डोजोका मोहन सुनुवारले शीर्ष स्थान हात पारे । मोहनले निर्णायक भिडन्तमा प्रहरीका मनीष महतोमाथि जित रचे । १०० केजीमुनि प्रहरीका रविन श्रेष्ठले फाइनलमा आर्मीका शिवबहादुर बरामलाई पाखा लगाउँदै पहिलो स्थान हात पारे ।पुरुषको ५५ केजीमुनि बाहेक सबै स्पर्धामा पहिलो हुने खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउने प्रावधान छ । पुरुष ५५ केजीमुनिको तौल राष्ट्रिय टिम तयारीमा राखिएको छैन । महिलाको ४४ केजीमुनि तौलसमूह पनि राष्ट्रिय टिम तयारीमा समावेश छैन । प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडी राष्ट्रिय टिममा पर्नेछन् ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताअन्तर्गत १६ स्पर्धामा विभिन्न २३ टिमका एक सय ४० खेलाडी सहभागी छन् । पुरुष÷महिलामा समान आठ आठ स्पर्धा समावेश छन् । अन्तिम दिन आइतबार पुरुष÷महिलामा समान चार चार स्पर्धामा भिडन्त हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.