बार्सिलोनालाई खड्कियो नेमारको अभाव

बार्सिलोनालाई खड्कियो नेमारको अभाव

म्याड्रिड : आफ्ना मुख्य स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मैदानमा प्रवेश गरेर गोल गरेको केही समयमै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए पनि रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनाविरुद्घको खेलमा जित हात पारेको छ। रियलले सोमबार खेलिएको स्पेनिस सुपर कपको पहिलो लेग खेलमा बलियो प्रतिद्वन्द्वी बार्सिलोनालाई उसैको मैदानमा ३-१ गोलले हराएको हो।

रोनाल्डो खेलको ५८औं मिनेटमा मैदानमा छिरेका थिए। ८०औं मिनेटमा उत्कृष्ट गोल गर्दै रोनाल्डोले रियललाई २-१ गोलको अग्रता दिलाएका थिए। त्यसअघि दुवै टोली १-१ को बराबरीमा थिए। मैदानको मध्यभागभन्दा केहीअघि इस्कोले दिएको बललाई डीबक्स कर्नर बाहिर पुर‍याएपछि लामो प्रहारमा गोल गर्दै रोनाल्डोले टोलीलाई जिततर्फ अग्रसर गराएका थिए।

गोल गरेपछि रोनाल्डोले आफ्नो जर्सी खोलेर खुसी मनाएका थिए। जर्सी खोलेका कारण पहिलो पहेँलो कार्ड पाएका रोनाल्डो त्यसको दुई मिनेटपछि नै दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। बलअघि बढाइरहेका बार्सिलोनाको डीबक्सभित्र अल्झिएर लडेका रोनाल्डोलाई रेफ्रीले जानाजान लडेको आरोपसहित दोस्रो पहेँलो कार्ड देखाएका थिए। पेनाल्टीको अवसरको माग गरिरहेका बेला दोस्रो पहेँलो कार्ड पाएपछि आक्रोशित बनेका रोनाल्डोले रेफ्रीलाई हल्का धक्का दिएको दृश्य देखिएको थियो।

सो घटनामा समेत रोनाल्डोमाथि थप कारबाही हुन सक्ने समाचारमा जनाइएको छ। यद्यपि स्पेनिस फुटबल महासंघले यस विषयमा कुनै निर्णय सार्वजनिक गरिसकेको छैन। रियलले भने दोस्रो पहेँलो कार्डको विषयमा पुनरावेदन गर्ने संकेत दिएको छ। टेलिभिजन फुटेजमा बार्सिलोनाका रक्षक सामुइल अमटिटीसँग ठोक्किएपछि रोनाल्डो मैदानमा लडेको देखिएको थियो।

खेलको ९०औं मिनेटमा युवा स्ट्राइकर मार्काे असेन्सियोले गोल गर्दै रियलको जित ३-१ ले पक्का बनाए। त्यसअघि रियल खेलको ५०औं मिनेटमा आत्मघाती गोलमार्फत १-० ले अघि बढेको थियो। मार्सेलोले क्रस गरेको बललाई क्लियर गर्ने प्रयासमा बार्सिलोनाका रक्षक जेरार्ड पिकेले आफ्नै पोस्टमा बल छिराएका थिए। त्यसपछि लियोनल मेसीले ७७औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनालाई १-१ को बराबरीमा फर्काएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.