डा. केसीले आज साँझसम्ममा अनशन तोड्न सक्ने

डा. केसीले आज साँझसम्ममा अनशन तोड्न सक्ने

काठमाडौं : सरकार आज साँझसम्म प्राध्यापक डा. गोविन्द केसीको अनशन तोडाउने गरी कसरतमा जुटेको छ। त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले एकपछि अर्को गर्दै सरोकारवालासँग छलफल गरिरहेका छन्।

स्रोतका अनुसार सरकारले केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन अनुसारनै राष्ट्रिय चिकित्सा विधेयक पास गर्ने र मनशायपत्र प्राप्त गरेका मेडिकल कलेज ‘आवश्यक परे किन्ने’ निर्णय गर्ने  तयारीमा लागेको छ । बैठकले मंगरबार नै सम्बन्धनप्राप्त भइ भौतिक पूर्वाधार तयार पारेका मेडिकल कलेज खरिद प्रक्रिया सुरु गर्न समिति गठन गर्ने निर्णय गर्नेछ । मुख्य सचिवको नेतृत्वमा अर्थ र शिक्षा सचिव सदस्य रहने गरी समिति बन्ने छ । स्रोतका अनुसार डा. केसीलाई मनाउन सरकारले यो सबै तयारी अन्तिम चरणमा पुर्याएको छ। 

यो निर्णय डा. केसीले मानेर अनशन तोड्ने विश्वास सरकारको छ। त्यो पनि डा. केसीले मानेनन् भने उनलाई अहिलेको देशको अवस्थालाई विचार गर्दै अनशन तोडाउन राजी बनाउन प्रधानमन्त्री नै लागि परेका छन्। डा.केसीले पनि मुलुकमा बाढीपहिरोबाट पीडित भएका जनताका नाममा अनशन तोड्ने मनस्थिती बनाएको स्रोत बताउँछ।

उपत्यकामा अबको १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने मुख्य अडानका साथ डा. केसीले अनशन सुरु गरेको मंगलबार २३ दिन पुगेको छ। डा. केसीका समर्थक डा. केदार भक्तमाथेमाले डा. केसीको माग यथावत रहेको तर अहिलेको देशको गम्भीर अवस्थालाई हेरेर अनशन स्थगित गर्न सक्ने बताए।

व्यवस्थापिका संसदको महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिले पास गरेको विधेयक पुनः संसोधनसहित संसदबाट पारित हुने संभावना न्युन भएको र मनमोहन मेडिकल कलेज पनि सञ्चालकले सरकारलाई नबेच्ने बताएपछि सरकारले डा. केसीको जीवन रक्षाका लागि त्यस्तो विकल्प रोज्न लागेको स्रोत बताउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.