बाजी मार्‍यो कन्स्टिलेसनले

बाजी मार्‍यो कन्स्टिलेसनले

काठमाडौं : प्याब्सन काठमाडौंअन्तर्गत रहेको म्याचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)ले आयोजना गरेको तीज गीत प्रतियोगितामा विशालनगरस्थित कन्स्टिलेसन एकेडेमी गार्डेन हाइस्कुलले बाजी मारेको छ । कन्स्टिलेसनलाई पछ्याउँदै सरस्वतीनगरस्थित गोल्डेन पिक हाइस्कुल दोस्रो एवं गौशालास्थित सम्भावी हाइस्कुल तेस्रो हुन सफल भएको छ । बानेश्वरस्थित पिस प्वाइन्ट बोर्डिङ स्कुलले सान्त्वना पुरस्कार पायो । विद्यालयको प्रस्तुतिलाई सांस्कृतिक संस्थानका नृत्य प्रशिक्षक सीता कार्की, माया थापा र सुशीला थापाले मूल्यांकन गरेका थिए ।

माफले पहिलोपटक आयोजना गरेको प्रतियोगिताका विजेतालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले ट्रफी, सिल्ड तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सहभागी विद्यालय एवं विद्यार्थीलाई शुभकामना दिँदै यस्ता प्रतियोगिताले विद्यार्थीमा निहित प्रतिभा प्रस्फुटन गर्न मद्दत पुर्‍याउने बताए ।

क्याम्ब्रिज पब्लिक हाइस्कुलकी फाउन्डर प्रिन्सिपल एवं माफकी कोषाध्यक्ष रीता राई दाहालले दिएको जानकारीअनुसार तीज गीत प्रतियोगितालाई निरन्तरता दिइनेछ । माफले यसअघि गायन, कविता, भलिबल, ह्यान्ड राइटिङ, वक्तृत्वकला, चित्रकला प्रतियोगिता आयोजना गर्दै आएको छ । ‘धार्मिक एवं सांस्कृतिक महत्वव बोकेको चाडका बारेमा विद्यार्थीले जान्नुपर्छ', प्याब्सन काठमाडौंकी सहसचिवसमेत रहेकी रीताले भनिन्, ‘नेपाली कला संस्कृतिको संरक्षण गर्न विद्यालयबाटै विद्यार्थीलाई शिक्षा दिनुपर्छ ।'

माफमा अहिले २२ वटा विद्यालय आबद्ध छन् । तीमध्ये तीज गीत प्रतियोगितामा १३ विद्यालयले सहभागी थिए । सहभागी विद्यालयमा बेबिलोन नेसनल स्कुल, क्याम्ब्रिज पब्लिक हाइस्कुल, कन्स्टिलेसन एकेडेमी गार्डेन हाइस्कुल, ग्लोबल पब्लिक स्कुल, गोल्डेन पिक हाइस्कुल, ज्ञान निकेतन हाइस्कुल, जगत् मन्दिर स्कुल, काठमाडौं विनायक शिक्षालय, लाइसियम मोडेल स्कुल, पिस प्वाइन्ट बोर्डिङ स्कुल, रिभेरा इन्टरनेसनल एकेडेमी, सम्भावी हाइस्कुल र विच किड इन्टरनेसनल स्कुल थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.