‘दुई रुपैयाँ’का असई ‘हैट’
काठमाडौं : उनी दर्शकमाझ ‘हैट’ को नामले परिचित छन् । २३ भदौमा रिलिज हुने सिनेमामा बुद्धि तामाङ ‘बमबहादुर तामाङ’ नामक असईको भूमिकामा आउँदैछन् । ‘भूमिका सानो छ । तर, सिनेमामा प्रभावपूर्ण र महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘दर्शकले कसरी लिनुहुन्छ, त्यो त रिलिज भएपछि थाहा होला ?’ चरित्रमा घुस्न खासै गाह्रो नभएको पनि उनले बताए । फिल्मको सार्वजनिक ट्रेलरमा उनलाई आफ्नी बुढी ताक्ने ‘दारी’ नामक चरित्रको पछाडि दौडेको देखिन्छ । समग्रमा दर्शकले सिनेमा हेरेर भरपूर मनोरञ्जन लिने उनको दाबी छ ।