दुई महिनामै तीन हजार घरपरिवार आवद्ध

दुई महिनामै  तीन हजार घरपरिवार आवद्ध

भक्तपुर: सरकारले अघि सारेको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमअन्तर्गत भक्तपुरमा दुई महिनाभित्र तीन हजार तीन सय ४५ घरपरिवार आवद्ध भएका छन्।

भक्तपुरमा गएको असारदेखि उक्त कार्यक्रमको लागि सदस्यता दर्ता सुरु गरिएको थियो। जसअनुसार असार र साउन महिनाभित्र तीन हजार तीन सय ४५ घरपरिवारका १३ हजार चार सय ७० जनाको स्वास्थ्य बीमा गरिएको हो।

कार्यक्रमअनुसार पाँचजनासम्म रहेको एक परिवारले दुई हजार पाँच सय रुपैयाँ शुल्क तिरेर बीमाको सदस्यता प्राप्त गर्न सक्छन्। उक्त रकम भुक्तान गरेवापत उक्त घरपरिवार एक वर्षमा पचास हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा पाउन योग्य हुन्छ।

त्यस्तै पाँचजनाभन्दा बढी सदस्य भएको घरपरिवारले दुई हजार पाँचसय रुपैयाँको साथै प्रतिव्यक्ति चार सय २५ रुपैयाँ शुल्क तिर्नुपर्ने प्रवन्धक प्रजापति बताउँछन्।

‘पाँचभन्दा माथि १२ जना पाँच जनाको दुई हजार पाँच सयमा थप प्रतिव्यक्ति चारसय २५ रुपैयाँ तिर्दा उक्त परिवारले एक वर्षमा एकलाख रुपैयाँसम्म स्वास्थ्य सेवा पाउँछ', उनले भने, 'कार्यक्रमअन्तर्गत बीमा सदस्यता लिएका सबैले प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ।नवीकरण गर्दा पहिले जतिकै शुल्क भुक्तान गर्नुपर्छ'

कार्यक्रममा सदस्यता पाएका बिमितहरुले बिहीबारदेखि नै स्वास्थ्य सेवा पाएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति भक्तपुरका प्रवन्धक श्रीकृष्ण प्रजापतिले जानकारी दिए।

पाँचवटा स्वास्थ्य संस्था प्रथम सेवा प्रदायक
उक्त कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा पाउन भक्तपुरमा पाँचवटा स्वास्थ्य संस्था तथा अस्पताललाई प्रथम सेवा प्रदायक संस्थाहरु तोकिएका छन्।

जसअनुसार भक्तपुर अस्पताल, कोरिया नेपाल मैत्री अस्पताल, चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र, दधिकोट प्राथमिक स्वास्थ्य केन्द्र र भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंह प्रथम सेवाप्रदायक संस्था रहेका छन्।

ती स्वास्थ्य संस्थाहरुमा बिहीबारमात्रै पचासजनाभन्दा बढी विमित सदस्यहरुले कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा लिएको प्रवन्धक प्रजापति बताउँछन्।

‘कार्यक्रमअन्तर्गतका बिमित सदस्यहरुले स्वास्थ्य जाँचसँगै नौ सय तीन थरी एलोपेथिक र २५ थरी आयुर्वेदिक गरी नौसय २८ थरी औषधिसमेत पाउँछन्', बिहीबार समितिमा आयोजित पत्रकार सम्मेलनमा प्रवन्धक प्रजापतिले भने, ‘एमआईबाहेक सम्पूर्ण एक्सरे सेवा र ल्याब सेवा पाइन्छ।'

उनका अनुसार भक्तपुरका बिमित सदस्यहरुको यहाँ रहेका प्रथम सेवा प्रदायक स्वास्थ्य उपचार सम्भव नभए थप उपचारको लागि काठमाडौं उपत्यकामा थप ११ वटा सरकारी अस्पताललाई रेफरल सेन्टर तोकिएका छन्। जसमा भक्तपुरकै मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताल रहेको छन्।

त्यस्तै काठमाडौंका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केन्द्र, कान्ति बाल अस्पताल, सहिद गंगालाल हृदयरोग केन्द्र, मनमोहन कार्डियाक भास्कुलर सेन्टर र प्रसूती गृह थापाथली पनि रिफरल सेन्टर तोकिएका छन्।

ललितपुर जिल्लातर्फ भने पाटन अस्पताल र मानसिक अस्पताल लगनखेललाई रिफरल सेन्टर तोकिएको जिल्ला प्रवन्धक प्रजापतिले जानकारी दिए।

६७ जना दर्ता सहयोगी
भक्तपुरका तीन लाखभन्दा बढीको स्वास्थ्य बीमा गर्न यहाँका चार नपामा ६७ जना दर्ता सहयोगी खटाइएका छन्। असार र साउन दुई महिनामा ती दर्ता सहयोगीले प्रतिसहयोगी ५० घरपरिवारको स्वास्थ्य बीमा गरेको देखिएको छ।

दर्ता सहयोगीले प्रत्येक घरघरमा गएर सम्पूर्ण घरपरिवारका सदस्यहरुको फोटो खिचेर अनलाइनबाटै फारम भर्छन्। यसरी फारम भरेका सदस्यहरुलाई समितिले छुट्टै परिचयपत्र प्रदान गर्छ।

घरघरमा गएर सदस्यहरुको नाम दर्ता गर्ने भएकाले दर्ता सहयोगीहरुलाई एकएक थान एन्ड्रोइड मोबाइल उपलब्ध गराइएको छ।

दर्ता सहयोगीलाई १० प्रतिशत कमिसन
दर्ता सहयोगीले एक घरपरिवारको बीमा गरेवापत दस प्रतिशत कमिसन पाउँछन्। जिल्ला प्रवन्धक प्रजापतिका अनुसार तोकिएको नपाको वडाको जनसंख्याको ५० देखि ८० प्रतिशतको बीमा गरिए दर्ता सहयोगीले १५ प्रतिशत कमिसन पाउँछन्।

‘दर्ता सहयोगीले ८० प्रतिशतभन्दा बढीको बीमा गरे २० प्रतिशतसम्म कमिसन पाउँछन्', उनले भने, ‘भक्तपुर सानो जिल्ला भएकाले दुई महिनामा सदस्यता पाउने बिमितहरुको संख्या कम नै हो।'

भाडामा बसेका पनि सहभागी हुन पाउँछन्
जिल्ला प्रवन्धक प्रजापतिले स्वास्थ्य बीमा कार्यक्रममा भक्तपुर जिल्लामा भाडामा बसेकाहरु पनि सदस्य हुन पाउने बताए। तर त्यसको लागि यहाँ भाडामा बसेको ६ महिनाभन्दा बढी समय नाघेको हुनुपर्ने उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.