आफ्नै फार्मेसीबाट सस्तोमा औषधि बेच्दा अस्पताललाई करोड नाफा

आफ्नै फार्मेसीबाट सस्तोमा औषधि बेच्दा अस्पताललाई करोड नाफा

चितवन : आफ्नै फार्मेसी सञ्चालनबाट भरतपुर अस्पतालले मनग्य आम्दानी गरेको छ । बिरामीलाई सस्तोमा औषधि विक्री गरेर पनि नाफा गरेर अस्पतालको आम्दानी बृद्धि गरेको छ । फार्मेसी सञ्चालनबाट अस्पतालले ९ महिनामा १ करोड ६ लाख ५० हजार आम्दानी गरेको छ । चितवनको एक मात्र सरकारी अस्पताल भरतपुर अस्पतालले गतवर्षदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको हो ।

यसअघि अस्पतालले नीजि फार्मेसीलाई मासिक १७ लाखमा सटर भाडामा दिने गरेको थियो । अस्पतालले नै फार्मेसी सञ्चालन गरेपछि मासिक २० लाख आम्दानी गर्न थालेको छ । साउन महिनामा २० लाख रुपैया आम्दानी भएको फार्मेसीका स्टोर प्रमुख राजकुमार ढुङ्गानाले बताए । 'हामीलाई नाफा चाहिएको होईन अन्तभन्दा धेरै सस्तोमा औषधि विक्री गरेका छौ' उनले भने 'अस्पतालले सेवामूलक काम गर्दा पनि आम्दानी बढेको छ' । अस्पतालले गतवर्षको कार्तिकदेखि आफैं फार्मेसी सञ्चालन गरेको थियो । सञ्चालनको पहिलो महिनामै साढे तीनलाख आम्दानी भएको थियो ।

त्यसका लागि सरकारले १५ लाख रुपैया दिएको थियो । सरकारबाट आएको रकम चलाउन नपाईने भएपछि उधारोमा औषधि किनेर फार्मेसी चलाइएको थियो । सस्तोमा औषधि बिक्रि गर्दा पनि अहिले मासिक ३ लाख रुपैयाँ बढी आम्दानी भएको छ । सार्वजनिक खरिद ऐन अनुसार औषधि खरिद गरिएको छ । टेण्डरबाट औषधि खरिद गर्दा कतिपय उच्च गुणस्तरका औषधितथा सामाग्री किन्न नसकेको अस्पतालले जनाएको छ । अस्पतालको फार्मेसीमा औषधि किन्नेको भीड लाग्ने गरेको छ । अहिले फार्मेर्सीको काउण्टर थप्ने तयारी गरिएको छ । यसअघि बजेट अभावका कारण फरक–फरक कम्पनीको औषधि राख्न समस्या थियो । आम्दानी बढेपछि चिकित्सकले सिफारिस गरिएको कम्पनीको औषधि राख्न थालिएको छ ।

'बजेट नहुँदा सुरुमा जटिल प्रक्रिया लाग्यो, औषधि बेचेर तिर्ने भनी उधारोमा औषधि किनेर चलायौं' अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनीले भने 'सरकारको नीति र जनताको सुविधाका लागि आफंैले फामेर्सी चलाएका हौ ' ।

सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि यसका लागि सहज गराउन खोजिएको हो । सरकारी स्वास्थ्य बीमा गराउनेको उपचार भरतपुर अस्पतालमा हुनेछ । उनीहरुको सुविधाका लागि पनि सस्तोमा गुणस्तरीय औषधिको सुविधा हुने अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । 'जनताको अस्पताल भएपछि जनतालाई सुविधा हुनुपर्छ भनेर लागेका हौं ' राजभण्डारीले भने ' अस्पतालको हरेक सेवा बिरामी मैत्री बनाएका छौं' । फार्मेसी सञ्चालन गरेपछि १३ जनाले प्रत्यक्ष रोजगार पाएका छन ।

अस्पतालले सेवा विशिष्टिकरण गर्दै गएको छ । पछिल्लो पटक नेपालकै ठूलो सिटी मेसिन ल्याएको छ । अस्पतालले न्यूरो सर्जरीको सेवा सुरु गरेको छ । अस्पतालबाट हुने खर्च कटौतीका लागि अस्पतालले लुगाधुने मेसिन, अक्सिजन प्लान्ट, फोहोर ब्यवस्थापन लगायतको काम गर्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.