तीजमा दर नखाने भए इजरायलमा रहेका नेपाली महिलाले

तीजमा दर नखाने भए इजरायलमा रहेका नेपाली महिलाले

काठमाडौ : नेपाली हिन्दु महिलाहरुको महान चाड तीजमा दरखाने बिशेष पर्व हो । विवाह गरेका महिलाहरुले माइतीघरमा गएर मध्यरातमा दरखाने गर्दछन् । विदेशमा रहेका महिलाहरुले पनि तीजलाई आफनो अनुकुलतामा मनाउने गर्दछन् । तर इजरायलमा रहेका नेपाली महिलाहरुले यसपटक तीजमा दर नखाने भएका छन् । तीजका अवसरमा शुक्रबार तेल अभिभ बिश्वबिद्यालयमा इजरायलमा रहेका महिला तथा पुरुष कामदारलाई भेला गराएर साँस्कृतिक कार्यक्रम गरिदैछ ।
सो कार्यक्रममा सहभागी भएवापत तिरिने रकमलाई नेपालको तराई मधेशमा बाढी,डुवान र पहाडमा पहिरोबाट अति प्रभावित पीडितहरुको राहतमा खर्च गर्ने योजना बनाइएको एनआरएन इजरायलमा सचिव पदका लागि उम्मेदवारी दिएकी तारा ढकालले जानकारी दिइन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित कुविण्डेमा जन्मिएकी तारा झण्डै नौ बर्षदेखि इजरायलमा कार्यरत छिन ।


ताराका अनुसार सो कार्यक्रमका लागि एक हजार दुई सय जना सहभागी हुन सक्ने सभाकक्षको व्यवस्था गरिएको छ । ‘आरामकासाथ तीज कार्यक्रम हेर्न सकिनेछ । कार्यक्रममा सहभागी भएवापत तिरिने पैसालाई बाढी पीडितको सहयोगार्थ प्रदान गर्नेछौ’ ताराले भनिन ‘दर नखाएर केहि हुँदैन,हामी इजरायलमा बसेर कमाएकै छौ । करीव ३५ अमेरिकी डलर अर्थात एक सय ३० सेकेल हो । यो हाम्रो लागि ठूलो रकम होइन ।’ तीज बिशेष साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट चर्चित लोकगायक बद्री पंगेनी,कलाकारद्धय भूमिका गिरी र कालिका रोकामगर तथा हास्यकलाकार सुदीप थापा इजरायल पुगिसकेका छन् । इजरायलमा रहेका नेपाली महिला तथा पुरुषहरुलाई मनोरञ्जन प्रदान गरी संकलन गरिएको रकमले नेपालमा बाढी,डुवान र पहिरोबाट पीडितहरुका लागि सहयोग गर्न चाहेको ताराले बताइन ।

बाढी र पहिरोबाट एक महिना यता एक सय ५० जनाले ज्यान गुमाएका छन् भने ३५ जना अझै वेपत्ता छन् । तराई मधेशमा हजारौ मानिसहरु बाढी र डुवानबाट बिस्थापित भएका छन् । 

ताराले सो कार्यक्रममा सहभागी भएर नेपालका बाढी पीडितका लागि सहयोग गर्न इजरायलमा रहेका नेपाली महिला तथा पुरुषलाई सार्वजनिक रुपमा अपिल गरेकी छिन ।
इजरायलमा रहेका करीव तीन हजार कामदार मध्ये ७५ प्रतिशत महिला छन । इजरायलमा बुढाबुढीको स्याहार गर्ने केयरगिभरको माग ४५ हजार छ ।

सन १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि इजरायलले सन १९६१ मा काठमाडौमा आफनो राजदूतावास स्थापना गरेको थियो भने नेपालले सन २००७ मा मात्रै आफनो राजदुतावास इजरायलमा स्थापना गरेको हो ।

इजरायलको सर्वोच्च अदालतले सरकारीस्तरबाट मात्रै कामदार ल्याउन आदेश दिएपछि त्यहाँको सरकारले सोही अनुसारको नीति बनाएको छ । नेपाल र इजरायल सरकार (जी टु जी) मार्फत मात्रै कामदार लिने नीति बनेको छ । जी टु जी कार्यक्रम मार्फत करीव ६० हजार रुपैयामा नेपाली कामदार इजरायलको रोजगारीमा जान सक्नेछन् । गत बर्ष साउनदेखि इजरायलमा जी टु जी प्रणाली मार्फत नेपाली कामदार पठाउन थालिएको छ । जी टु जी नीति अनुसार नेपालबाट अनमी,नर्स र अहेव इजरायलको रोजगारीमा गएका छन ।


नेपालबाट इजरायल जाँदा म्यानपावर व्यवसायीले धेरै रकम लिएको र कामदारलाई अलपत्र पारेको उजुरी त्यहाँको सर्वोच्च अदालतमा परेपछि इजरायल सरकारले सन २००९ देखि नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । रोजगार व्यवसायी मार्फत जाने कामदारको एक बर्षसम्मको पारिश्रमिक एजेण्टहरुले खाइदिने गरेका थिए । इजरायल सरकारले म्यानपावर व्यवसायी मार्फत कामदार नलैजाने नीति बनाएपछि नेपाली श्रमिकहरु चाहेर पनि इजरायलमा रोजगारीका लागि जान बन्चित हुँदै आएका थिए ।
तीन महिनाको केयर गिभर तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने दुई सरकार वीच भएको समझदारीपत्रमा उल्लेख छ । नेपालका प्रतिष्ठित नीजि अस्पतालमा काम गरिरहेका नर्सहरुले पनि जागिर छोडेर इजरायल गएका छन । श्रम मन्त्रालयले तदारुकता नदेखाएका कारण दोस्रो चरणमा कामदार पठाउनका लागि इजरायल र नेपाल सरकार वीच छुटटै सम्झौता हुन सकेको छैन । परीक्षणकालका रुपमा तीन सय कामदार लगेपछि इजरायलले बार्षिक एक हजार पाँच सय कामदारलाई रोजगारी दिने आश्वसन दिएको थियो । इजरायलले कुल मागको ८० प्रतिशत महिला कामदार हुनु पर्ने शर्त राखेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.