लोकतन्त्रको विकासका लागि प्रेसको भूमिका: महामन्त्री कोइराला

लोकतन्त्रको विकासका लागि प्रेसको भूमिका: महामन्त्री कोइराला

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री डा शंशाङ्क कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई शुक्रबार आफ्नै निवास महाराजगञ्जमा बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले साे कुरा बताएका हुन्।

लोकन्त्रमाथि आइपर्ने खतराका सम्बन्धमा सञ्चार क्षेत्र सदैव सतर्क रहनुपर्ने धारणा व्यक्त गर्दै महामन्त्री डा कोइरालाले भने, “राज्यको चाैथो अंग प्रेसको स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप हुनुहुँदैन।” सञ्चार जगत सदैव स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए।

कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रताका सम्बन्धमा कहिल्यै कसैसँग सम्झौता नहुने दृढता व्यक्त गर्दै पत्रकार हकहितका लागि काम गर्ने प्रतिबद्धता दोहोर्याए।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले महासंघले अब सबैलाई समेटेर आफ्नो साझा चरित्र कायम राख्नुपर्ने सुझाव दिए।

महासंघका पूर्व महासचिव पोषण केसीले महासंघको नयाँ नेतृत्वले श्रमजीवी पत्रकारका आर्थिक र भौतिक सुरक्षाका सम्बन्धमा काम गर्नुपर्ने बताए।

कार्यक्रममा कांग्रेसनेता डा शेखर कोइराला, पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसनेतृ सुजाता कोइराला, पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, मन्त्री रामकृष्ण यादव, राज्यमन्त्री, कांग्रेसका नेता, महासंघका पूर्व अध्यक्ष, वरिष्ठ पत्रकारलगायतको उपस्थिति थियो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.