बाढीग्रस्त क्षेत्रमा सेवा दिँदै डा. केसी

बाढीग्रस्त क्षेत्रमा सेवा दिँदै डा. केसी

राजविराज : डा. गोविन्द केसी दुई दिनयता बाढीप्रभावित क्षेत्रका बिरामीको उपचारमा जुटेका छन् । डा. केसीले शनिबार कञ्चनरूप नगरपालिका वडा नम्बर १ स्थित बैरवाका बाढीपीडितको स्वास्थ्य जाँचका साथै बिरामीको उपचार गरेका छन् ।

यसअघि उनले कञ्चनरूपकै वडा नम्बर ६ र ७ मा सेवा दिएका थिए । त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट उनी बिहीबार साँझ बाढीपीडितको उपचारका लागि कञ्चनरूप आइपुगेका हुन् । पेटको बिरामी उनलाई राति सलाइन चढाउनुपरेको थियो । आफू पूर्ण स्वस्थ्य नभए पनि उनी शुक्रबार बिहानदेखि बेलुकासम्म धरमपुरस्थित स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा खटिएका थिए । उनले शनिबार बिहानदेखि नै बैरवामा त्यसलाई निरन्तरता दिएका हुन् ।

 

उनको टोलीमा डा. कश्यप श्रेष्ठ, डा. सृष्टि उपाध्याय, एमबीबीएसका विद्यार्थी नारायण कँडेलसहित सातजना छन् । बिरामीको उपचारमा खटिँदा-खटिँदै पसिनाले निथ्रुक्क भिजेका डा. केसीलाई बेला-बेला असजिलो महसुस गरेको देखिन्थ्यो । सहयोगीले आराम गर्न सल्लाह दिए पनि अटेर गर्दै उनी भने बिरामीलाई ‘काउन्सिलिङ'सहित स्वास्थ्य परीक्षण गर्न तल्लीन रहे ।


आफू पूर्ण स्वस्थ्य नभए पनि उनी बिहानदेखि बेलुकासम्म स्वास्थ्य शिविरमा खटिए ।

दुई दिनमा ६ सयजनाको स्वास्थ्य परीक्षण र उपचार गरेका उनले त्यसमध्ये बढीजसो रुघाखोकी, झाडापखाला, ज्वरो र छालासम्बन्धी रोगी फेला परेको जानकारी दिए । उनले स्वास्थ्य चौकीमा बसेर बिरामीको उपचारका साथै औषधिका साथै कपडा, पेस्ट, साबुनलगायत सामग्री वितरण गरेका थिए ।
‘एउटा भागको नेपाली आपत्विपत् र कष्टमा परेको बेला अर्को भूभागको नेपालीले सहयोग गर्नुपर्छ', उनले भने, ‘सप्तरीका बाढीपीडित जनताको साथमा छौं भनेर अनशन स्थगन गरी प्रभावित क्षेत्रमा बिरामीको उपचार गर्न आएको हुँ ।' अरूको सेवामा लाग्दा सन्तुष्टि र ऊर्जा प्राप्त हुने उनले बताए ।

स्थानीय सरिता गिरीले रोगको प्रकोप बढ्ने सम्भावना रहेका बेला डा. केसी आएर बिरामीको उपचारमा सहभागी हुँदा राहत महसुस भएको बताइन् । मैनाकडेरीका बाढीप्रभावितको स्वास्थ्य परीक्षण र उपचार गरी डा. केसी असार ३१ गते मात्र काठमाडौं फर्किएका थिए । काठमाडौं पुगेपछि ११औं अनशन बसेका उनले साउन ३१ गते स्थगन गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.