अब नेपालमै हेपाटाइटिस ‘सी' को औषधि उत्पादन

अब नेपालमै हेपाटाइटिस ‘सी' को औषधि उत्पादन

काठमाडौँ: हेपाटाइटिस ‘सी'को औषधिको उत्पादन नेपालमै सुरु भएको छ।

म्याग्नस फर्माले पहिलो पटक नेपालमै हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर' औषधिको उत्पादन सुरु गरेको हो। म्याग्नस फर्माका बजार निर्देशक सुधीरप्रकाश मास्केले म्याग्नसले हेपाटाइटिस ‘सी'को औषधि एक साताअघिदेखि ‘सोफुभिर' नामबाट बजारमा पठाउन थालेको जानकारी दिए।

नेपालमा हेपाटाइटिस ‘सी' का धेरै बिरामी रहे पनि औषधि महँगो मूल्यमा विदेशबाट आयात गर्नु परेकाले स्वदेशमै उत्पादन थालिएको निर्देशक मास्केको भनाइ छ।

बिरामीले आयातित हेपाटाइटिस ‘सी'का औषधि निकै महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ। नेपाली बजारमा एउटा ट्याब्लेटको मूल्य रु एक हजारदेखि एक हजार २०० सम्म पर्ने गरेको छ। एउटा बट्टामा २८ वटा ट्याब्लेट हुन्छ जसको मूल्य रु २८ हजारदेखि रु ३३ हजारसम्म पर्छ।

म्याग्नसले उत्पादन गरेको औषधि बिरामीले प्रतिट्याब्लेट रु ८०० मा पाउन सक्ने बजारमा पठाएको छ जसअनुसार एउटा बट्टालाई २२ हजार ४०० पर्न जान्छ।

उनले भने, “हामीले विश्व बजारमा बिक्री हुने गुणस्तरकै औषधि सस्तोमा उत्पादन गरेका छौँ। भाइरसको संक्रमणबाट हुने यो रोग औषधिको प्रयोग गरेअनुसार १२ देखि ४८ हप्तामा निको हुन्छ।”

ग्याष्ट्रो एण्ड हेपाटोलोजी कन्सल्ट्यान्ट फिजिसियन प्राडा विधाननिधि पौडेलले हेपाटाइटिस सी भाइरसले कलेजोमा आक्रमण गर्ने बताउँदै केही हप्ता बिरामी पार्नुका साथै जीवनभरि कलेजोको समस्या वा कलेजो क्यान्सरसम्म गराउनसक्ने बताए।

चिकित्सकका अनुसार नेपालमा यो भाइरसका कारण ८० हजारदेखि एक लाख मानिस संक्रमित भएको अनुमान छ। सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले हेपटाइटिस सी भएका व्यक्तिको रगतको सम्पर्कमा आए यो रोग सर्ने र यो भाइरस कलेजोमा लाग्ने सबैभन्दा ‘कमन' भाइरस भएको बताए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा करिब ७१ लाख मानिस हेपाटाइटिस सी को संक्रमणमा परेको अनुमान छ। यसैका कारण वर्षेनी करिब तीन लाखभन्दा बढीको ज्यान जाने गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.