भक्तपुर नगरका वडामा नर्सिङ्ग सेवा सुरु

भक्तपुर नगरका वडामा नर्सिङ्ग सेवा सुरु

भक्तपुर: भक्तपुर नगरपालिकाले वडावडामा नर्सिङ्ग सेवा सुरु गरेको छ। भक्तपुर नपामा जनप्रतिनिधिले पदबहाली गरेको सय दिन पूरा भएको अवसरमा सोमबार एक कार्यक्रम गरी तत्कालको लागि वडा नं ३, ४ र ६ मा नर्सिंग सेवा सुरु गरेको हो।

 

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उक्त वडाका वडा अध्यक्ष र खटिने स्टाफ नर्सलाई नर्सिङ्ग किट वितरण गर्दै उक्त सेवा सुरु गरेका हुन्। उक्त सेवाअनुसार एकजना स्टाफ नर्स र एकजना महिला स्वास्थ्य स्वयम् सेविका अब घरघर गएर स्वास्थ्य सेवा दिनेछन्। उनीहरुले वडामा रहेका अशक्त तथा ज्येष्ठ नागरिकहरुको समेत हेरचाह गर्नेछन्।

आवश्यकताअनुसार घाउ तथा चोटपटकको सरसफाइ (ड्रेसिंग) गर्ने नर्सहरुले गर्भवती आमाहरुको स्वास्थ्य परीक्षण, परामर्श, स्त्रीरोगसम्बन्धी छानबिन, महिलालाई स्तन क्यान्सरबारे सचेत गर्न आफ्नो स्तन आफै जाँच गर्न सिकाउनेछन्।

नर्सिंग सेवाअन्तर्गत पाँच वर्षमुनिका बालबालिकाको पोषण, पूर्ण खोप सुनिश्चित गर्ने, स्वासप्रश्वाससम्बन्धी रोग तथा जलवियोजनसम्बन्धी अवस्थाको पहिचान गरी थप उपचारको व्यवस्था गरिने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

उनका अनुसार उनीहरुले महिनामा एकपटक विद्यालय स्वास्थ्य शिक्षासमेत सञ्चालन गर्नेछन्। प्रमुख प्रजापतिले उक्त सेवा चरणबद्ध रुपमा अन्य वडामा विस्तार गर्दै नगरव्यापी बनाउने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.