अटो महामेलामा जे देखियो (फोटो फिचर)

 अटो महामेलामा जे देखियो (फोटो फिचर)

काठमाडौं: राजधानीको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला 'नाडा अटो शो' सुरु भएको छ। मंगलबार भौतिक निर्माण तथा यातायात मन्त्री बीरबहादुर बलामीले अटो शो उद्घाटन गरे।

 

मेलामा १६ ब्रान्डका चार पांग्रे, १९ ब्रान्डका दुई पांग्रे र ६ ब्रान्डका हेभी कमर्सियल गाडी प्रर्दशनीमा राखिएको छ। नाडा अटोमोबाइल्स एशोसियसनले वर्षेनी अटोको कुम्भ मेला आयोजना गर्दै आएको छ।

अटो शो उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बलायरले सडक करवापत २० अर्ब रुपैयाँ उठाए पनि अर्थमन्त्रालयले चार अर्ब रुपैयाँमात्र दिएको असन्तुष्टि व्यक्त गरे। सडक करवापत उठाइएको रकम सडककै स्तरोन्नतीमा लगाउनुपर्ने उनको भनाई थियो। 

 

नाडा अध्यक्ष अञ्जन श्रेष्ठले सवारी कर शहरी सडक निर्माण र मर्मतमा मात्र सदुपयोग हुनुपर्ने बताएपछि मन्त्रीले पनि व्यवसायीको सुझावमा सहमति जनाएका हुन्। अहिले राजधानी लगायत देशभरका सडकको अवस्था दर्दानक रहेको छ।

बढ्दो ट्राफिक जाम, सडकको दुरअवस्था लगायत कारणले करोडको गाडी किने पनि चलाउन नसकिने अवस्था रहेको उनले बताए। राजधानीको ट्राफिक कम गर्न मोटरसाइकल ट्याक्सी चलाउने विषयमा छलफल भइरहेको उनले सुनाए।उनले निजी क्षेत्रलाई आफ्नोमात्र नभई राष्ट्रको पनि स्वार्थ हेर्न आग्रह गरे।

नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटमा नाडाको सुझाव अनुरुप सवारी साधनमा भन्सार तथा अन्तःशुल्क महशुलको दर कुनै पनि वस्तुमा नघटेको गुनासो पोखे। यातायात क्षेत्रको विकास र सबैमा सवारी साधनको पहुँचमा पुर्‍याउन गाडीको भन्सार तथा अन्तःशुल्क घटाउने विषयमा पुनर्विचार गर्न उनले आग्रह गरे।

सरकारले नेपालमै अटोमोवाइल एसेम्बलिङ उद्योगको विकासको लागि दुईपांग्रेमा सवारी साधनमा अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिएजस्तै चारपांगे्र सवारी साधनको एसेम्बलिङ उद्योगको स्थापनाका लागि सोहीअनुरुप अन्तःशुल्क छुटको माग गरेकोमा बजेटमा दुईपांग्रेलाई दिइएको सुविधा पनि २५ प्रतिशतमा झारिएकोमा असन्तुष्टी व्यक्त गरे।'सरकारले बजेटमा गरेको व्यवस्थाले व्यवसायीलाई हतोत्साहीत गराएको छ' उनले भने।

अटोमोवाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व प्राप्त हुने क्षेत्र हो। यो वर्ष सरकारलाई सर्वाधिक आयकर बुझाउने पनि अटोमोवाइल क्षेत्रकै कम्पनी हुन्।गत आर्थिक वर्षमा अटोमोवाइल क्षेत्रबाट सरकारले एक खर्बभन्दा बढी राजश्व प्राप्त गरेको नाडा अध्यक्ष श्रेष्ठले बताए। यो कूल कर राजश्वमा २० प्रतिशत भन्दा बढी हुन आउँछ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले अटोमोबाइल्स क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिनुपर्ने बताए। 'अटोलाई हेर्ने नजर फरक-फरक देखिएको छ, कसैले ट्राफिक जामसँग जोडेर हेर्छन, कतिपयले धुलो धुवाँसँग जोड्छन, कसैले विलासी साधन भनिदिन्छन्' उनले भने, 'अटोमोबाइल्स अर्थतन्त्र वृद्धिको मुख्य अस्त्र हो।'

सरकारी राजश्वमा ३५ देखि ४० प्रतिशत योगदान पुर्‍याउने अटोमोबाइल्स क्षेत्रबाट आउने बताउँदै उनले भने, यो राजश्व नउठेमा सरकारकै कामकाज चल्न सक्दैन। उनले अटोलाई बिलासीको सूचिमा राखिए पनि मुलुकको अर्थतन्त्रको ड्राइभ गर्ने साधन भएको ठोकुवा गरे।

 'एकछिन सबै सवारी साधन बन्द गरिदिए कस्तो अवस्था सिजना होला, कल्पना गर्नुस्' गोल्छाले भने, 'अनि अटो प्रोडक्टिभ हो कि अनप्रोडक्टिभ भन्ने थाहा हुन्छ।' सबै खालको सवारी साधनले प्रोडक्टिभिटी बढाइरहेको उनले ठोकुवा गरे। उनले 'नाडा अटो शो' काठमाडौंमा ठूलो आकर्षणको केन्द्य्र बन्दै गइरहेको बताए।


मेला संयोजक सम्भु दाहालले एउटा सुविधायुक्त प्रर्दशनी हल बनाउन सरकारलाई आग्रह गरे । उनले यो वर्ष ठाउँको अभावले १५ जना एक्जिविटरलाई फर्काउनु परेकोमा दुःख व्यक्त गरे। यो बर्षको मेलामा साना तथा ठूला गरी १३० वटा स्टलहरु छन् ।

मेलामा विभिन्न ९१ वटा कम्पनीको सहभागीता रहेको छ। सवारी साधनसहित लुव्रिकेन्टस्को ८ वटा, टायरको ४ वटा, ब्याट्रीको ४ वटा र ग्यारेज इक्युपमेण्टस तथा अन्य १८ वटा स्टल मेलामा छन्।

यस्तै, बैंक १० वटा र इन्स्योरेन्स २ वटा सहभागी छन्। मेलामा साढे तीन करोडसम्मको गाडी प्रर्दशनीमा राखिएको छ। मेलामा सहभागी अधिकांश कम्पनीले नयाँ मोडल प्रर्दशनीमा राखेका छन् जसले मेलामा सहभागीको ध्यानाकर्षण गरिरहेको छ।

 

 

 तस्बिरहरु: रजेन्द्र केसी

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.