विराटनगर उडान अझै प्रभावित

विराटनगर उडान अझै प्रभावित

 विराटनगर : साउन अन्तिम साता आएको बाढीका कारण प्रभावित विराटनगर विमानस्थल अझै पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । बाढीले अवरुद्ध विमानस्थल एक सातापछि सञ्चालनमा आए पनि पूर्ण उडान गर्न अझै समस्या छ । दिवा उडान मात्र गर्न मिल्ने विमानस्थलमा नाइट तथा लो भिजिबिलिटीमा उडान अनुमति नभएको सेवा प्रदायक कम्पनीले बताएका छन् । दैनिक १५ वटासम्म उडान हुने विमानस्थलमा अहिले बढीमा आठवटा मात्र हुने गरेका छन् ।

 

काठमाडौंपछि विराटनगरलाई बढी यात्रु चाप हुने विमानस्थलका रूपमा लिइन्छ । निजी हवाई सेवाप्रदायक कम्पनीका प्रतिनिधिले भने सरकारी हेलचेक्र्याइँका कारण विमान सञ्चालनमा समस्या भएको आरोप लगाएका छन् । जिम्मेवार निकायको हेलचेक्र्याइँका कारण यात्रु र निजी एयरलाइन्स कम्पनीलाई दुःख भएको सौर्य एयरलायन्सका विराटनगर विमानस्थल स्टेसन इन्चार्ज प्रकाश पौडेलले बताए । ‘दसैंतिहारजस्ता चाडपर्व नजिकिएका छन्', उनले भने, ‘दैनिक उडानमा चाप हुने समयमा सरकारी पक्षबाट यति धेरै समय धावनमार्गको मर्मत गर्न नसक्नु दुःखद विषय हो ।' विमानस्थलमा जमेको धुलो र हिलो सफा गरिसकिएको छैन । ट्याक्सी स्ट्यान्ड र डिपार्चर हलसम्म पुग्ने स्थान पनि धुलाम्मे छ ।


दैनिक १५ वटासम्म उडान हुने विमानस्थलमा अहिले बढीमा आठवटा मात्र हुने गरेका छन् ।

बाढीले जहाजलाई संकेत दिन मिल्ने धावनमार्गका लाइट र उपकरणमा क्षति पुर्यापएपछि रात्रिकालीन उडान र लो भिजिबिलिटी हुने मौसमका उडान बन्द भएका छन् । त्यसैले अहिले दिउँसो पूर्ण उज्यालोमा मात्र जहाज उडान र अवतरण गर्ने अनुमति छ । विमानस्थल प्रशासनले भने धावनमार्गमा क्षति भएका धेरैजसो लाइट काम नलाग्ने गरी बिग्रिएकाले विदेशबाट मगाइएको जानकारी दिएको छ । ‘स्वदेशमा उपलब्ध हुन नसकेपछि हामीले विदेशबाट केही लाइट र उपकरण मगाएका छौं', विराटनगर विमानस्थलका प्रवक्ता सन्तोष ढकालले भने, ‘हामी दसैंअगावै काम सम्पन्न गर्ने तयारीमा जुटेका छौं ।'

विमानस्थल व्यवस्थापनका लागि दु्रत गतिमा काम अघि बढाइएको उनको भनाइ छ । विमानस्थलमा अहिले पनि यात्रु जाँदा मास्क लगाउनुपर्ने बाध्यता रहेका कारण विमानस्थल क्षेत्रको फोहोर तथा धुलो हटाउने काम जारी रहेको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.