क्यामरुनले छोडिन् हलिउड !

क्यामरुनले छोडिन् हलिउड !

हलिउड अभिनेत्री क्यामरुन डियाजले निजी जीवन खत्तम भएको भन्दै करिअरको उचाइमा पुगेको बेला अभिनयबाट बाहिरिएको घोषणा गरेकी छन् । बुधबार ४५औ जन्मदिन मनाउँदै क्यामरुनले यस्तो घोषणा गरेकी हुन् । क्यामरुन हलिउडमा धेरै पारि श्रमिक लिने नायिकामध्येमा पर्छिन् । उनले सन् १९९४ मा २१ वर्षको उमेरमा हलिउड डेब्यु गरेकी थिइन् । चलचित्रमा ज्यादै व्यस्त हुनु परेकाले यसबाट बिदा लिएको उनको भनाइ छ । ‘फिल्म गर्न थालेपछि म आफैंलाई भुल्छु’, क्यामरुनले भनिन् ।

१६ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी क्यामरुनले विद्यालयको पढाइ पूरा गर्नेबित्तिकै मोडलिङ थालेकी थिइन् । उनी १७ वर्षको उमेरमा ‘सेभेन्टिन’ नामको म्याग्जिनमा कभरगर्ल बनेकी थिइन । २१ वर्षमा ‘द मास्क’ नामक चलचित्रबाट हलिउड डेब्यु गरेकी थिइन् । उनले अभिनय गरेको सो चलचित्र सबभन्दा धेरै कमाइ गर्नेमध्येमा परी रेकर्ड बनाएको थियो ।

हलिउडमा दबदबा कायम गरेकी क्यामरुनसँग ७६७ करोड डलरको स्वामित्व छ । सन् २०१० मा धनी महिला सेलिब्रेटीको रूपमा उनी पनि चिनिएकी थिइन् । जति सम्पत्ति कमाए पनि आफैंलाई समय दिन नसकेपछि खुसी हराएको भन्दै उनले हलिउडबाट बिदा लिनु परेको स्पस्ट पारेकी छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.