उद्योगमा ६६ प्रतिशत विद्युत महसुल बढाउने प्रस्ताव रोके मन्त्रीले

उद्योगमा ६६ प्रतिशत विद्युत महसुल बढाउने प्रस्ताव रोके मन्त्रीले

काठमाडौं : उद्योगमा ६६ प्रतिशतसम्म विद्युत महसुल वृद्धि गर्ने प्रस्ताव रोकिएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगमा ६६ प्रतिशतसम्म विद्युत महशुल वृद्धि गर्ने प्रस्तावलाई आफूले रोकेको बताएका हुन् । ऊर्जामन्त्री शाहीले उद्योगधन्दामा तत्काल विद्युतको महशुल नबढ्ने बताए। नेपाल उद्योग परिसंघका केन्द्रीय पदाधिकारीसंगको भेटमा ऊर्जामन्त्री शाहीले विद्युत महशुल बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने बताएका हुन्।

 

उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विद्युत उत्पादनमा तिब्रता दिनुपर्ने मन्त्री शाहीले बताए । उद्योग परिसंघका पदाधिकारीले औद्योगिक क्षेत्रमा विद्युतको महशुल बढाइए उद्योग धन्दा धरासायी हुने भएकाले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए ।

महशुल वृद्धि गरिए यो अहिलेसम्मकै अप्रिय निर्णय हुने उद्योगी व्यवसायीले बताए । उनीहरुले औद्योगिक क्षेत्रमा डेडिकेटेड पावर फिडर आवश्यक भएको पनि मन्त्री शाहीलाई जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.