ओली र नेपालबीच सम्बन्ध चिसियो

ओलीले दिएनन् सोडारीलाई तत्काल विश्वासको मत दिने ‘ग्रीन सिग्नल’

ओलीले दिएनन् सोडारीलाई तत्काल विश्वासको मत दिने ‘ग्रीन सिग्नल’

धनगढी : विश्वासको मत लिनका लागि दुईपटक असफल भएका सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तत्काल विश्वासको मत पाउने सम्भावना कम देखिएको छ । बालकोटले सोडारीलाई तत्कालै विश्वासको मत दिन ‘ग्रीन सिग्नल’ नदिएपछि सोडारीले विश्वासको मत पाउने सम्भावना कम भएको हो ।

सोडारीले विश्वासको मतका लागि वैशाख २१ र २२ गते गरी दुई पटक प्रयास गरेका थिए । तर गठबन्धनकको एक प्रमुख घटक रहेको नेकपा एमालेले भने सोडारीले विश्वासको मत लिनुअघि सरसल्लाह नगरेको र हतार गरेको अरोप लगाउँदै आएको थियो । 

शनिबार नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल र प्रमुख सचेतक सुरेन्द्र बहादुर पाल पार्टी अध्यक्ष केपी ओली भेटन बालकोट गएका थिए । ‘बालकोटले विश्वासको मतका लागि ग्रीन सिग्नल’ दिएन’ एमालेका एक नेताले भने , ‘तत्काल सोडारीले विश्वसको मत पाउने सम्भावना छैन ।’

सत्ता गठबन्धनभित्र ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच सम्बन्ध चिसिएको असर सुदूरपश्चिममा परिरहेको हो । नेपालले ओलीका विरुद्ध अभिव्यक्ति दिनु र गठबन्धन छोडने धम्की दिँदै जानुले पनि ओली नेपालप्रति खुसी छैनन् भन्ने प्रष्ट देखिन्छ । ओलीले सोडारी विवादास्पद पात्र भएकाले उनको स्थानमा पात्र परिवर्तन गर्न भनेपनि नेपालले नमानेपछि दुबैजनाबीचको सम्बन्ध चिसिएको हो ।

‘नेपालले खुट्टा उचालिरहेका छन् । केही दिन हेरौं,अझै समय छ,'ओलीको भनाइ उदृध गर्दै बालकोट बैठकमा सहभागी एकजना एमाले नेताले भने । 

सोडारीले जेठको ५ गतेसम्मे विश्वासको मत लिइसक्नुपर्छ । सोडारी एमालेका १०,माओवादीको १०, समाजवादीका ४, उन्मुक्तिका २ र स्वतन्त्र १ जना गरी २७ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

बहुमतका लागि पनि २७ प्रदेश सभा सदस्य आवश्यक पर्छन । बझाङमा एमाले जितेपछि अब सत्ता गठबन्धनसँग २८ जनाको बहुमत हुनेछ । कांग्रेसले उन्मुक्तिको रेशम पक्षका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त नगरेको भन्दै सर्वोच्चमा रिट दायर गरेको छ । उक्त रिट उपर वैशाख २३ गते पेशी तोकिको छ । 

सर्वोच्चको पेशी भन्दा अगाडि विश्वासको मन लिन खोजेको र संविधान विपरित लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेसले संसद अवरुद्ध पार्ने चेतावनी दिँदै आएको छ ।  सोडारीले केन्द्रमा बनेको सत्ता गठबन्धनलाई चुनौती दिँदै कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिबाट लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा अगाडि सारेपछि एमाले उनीप्रति झनै चिढिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.