अवैध गिट्टी-बालुवा चोरी गर्ने १७ ट्याक्टर प्रहरी नियन्त्रणमा

अवैध गिट्टी-बालुवा चोरी गर्ने १७ ट्याक्टर प्रहरी नियन्त्रणमा

सिन्धुली: जिल्ला प्रहरी कार्याल्य सिन्धुलीले बिहिबार अवैध रुपमा गिट्टी बालुवा चोरी निकासी गर्ने १५ ट्याक्टर प्रहरी नियन्त्रणमा लिएको छ। जिल्ला सदरमुकाम माढी आसपासका खोला उत्खनन गर्दै प्रहरीको आँखा छलेर गिट्टी- बालुवा चोरी निकासी गर्ने को १ त ५६४१, ना ५ त ६७११, ज१ त ५९७७ नम्बर लगायतका १७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले जानकारी दिए।

जिल्लाको चुरे क्षेत्रहुँदै बग्ने खोला तथा नदीहरुमा स्थानीय प्रशासनले गिट्टी बालुवा उत्खननमा रोक लगाएको छ। ‘तर, जिल्लाका अधिकांस ट्याक्टर व्यावसायिहरुले विहान बेलुकाको समय पारेर चोरी निकासी गरिनै रहेपछि प्रहरीले विशेष निगरानीमा पक्राउ गरिएको हो,' उनले भने।

प्रहरीले ढुङ्गा, बालुवा, गिट्टी लगायतका नदीजन्य सामाग्री चोरी निकासी गरिरहेको अवस्थामा कमला नदीबाट १७ वटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार नियन्त्रणमा लिइएको ट्रयाक्टरहरु खोलाबाट ढुंगा तथा बालुवाहरु संकलन गरिरहेकै अवस्थामा भेटिएका थिए।

ट्रयाक्टरहरुलाई आवश्यक कानुनी कार्वाहिका लागी जिल्ला समन्यव समितिमा पठाइने शर्माको भनाई छ। उता जिल्ला समन्यव समितिका स्थानीय विकास अधिकारी शिवप्रसाद हुमागाईले अवैध रुपमा बालुवा ओसार पसार गर्ने तथा उत्खन्न् गर्ने ट्रयाक्टरलाई कार्वाही स्वरुप जरिवाना गरिने बताए।

सरकारले चुरे क्षेत्रमा तिन वर्ष अघिदेखी नदीजन्य सामाग्र उत्खननमा रोक लगाएको भएपनि सिन्धुलीमा भने रोकीएको छैन्।चुरे दोहनले वर्षेनी चुरे तलका बस्ती तथा खेतीयोग्य जमिनहरुमा ठुलो क्षेति पुर्‍याए पनि जिल्लामा अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासीमा कमी आएको छैन्।

प्रहरीले दैनिक जसो अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी गर्ने ट्याक्टर लगायतका सवारीसाधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने गरेपनि त्यस्तो क्रम नरोकीएको प्रहरीले बताको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.