मायालुको ‘चुचुरो अनि स्वास्नीमान्छेहरू'
काठमाडौं: इलामे युवा ऋजन मायालुले पहिलो कविता संग्रह ‘चुचुरो अनि स्वास्नीमान्छेहरू' पाठकमाझ ल्याएका छन्।
राजधानीको पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा अध्ययनरत कवि मायालुको कविता संग्रह राष्ट्रिय गानका सर्जक ब्याकुल माइलाले विमोचन गरे।
शंकरदेवकै विद्यार्थी मिलेर आयोजना गरेको विमोचन कार्यक्रममा पत्रकार तथा लेखक सचित राई र कवि प्रोल्लास सिन्धुलीयले उक्त कृतिमाथि टिप्पणी गर्दै साहित्यिक क्षेत्रमा मायालुले दरिलोसँग उपस्थिति जनाएको धारणा व्यक्त गरे। कविता लेखनमा अभ्यास पक्षको चर्चा गर्दै उनीहरूले यसमा ध्यान दिन कविलाई सुझाव दिएका थिए।
राष्ट्रिय गानका सर्जक माइलाले पनि मायालुले नेपाली साहित्य जगतलाई राम्रो कविता-कृति दिएको धारणा व्यक्त गरे। यस कृतिमार्फत कविको परिपक्वता देखिएको उनको भनाइ थियो।