बालिका मृत्यु प्रकरण : लापर्बाही नभएको नर्भिकको दाबी, मृतकका बुबाले कानुनी लडाइँ लड्ने

बालिका मृत्यु प्रकरण : लापर्बाही नभएको नर्भिकको दाबी, मृतकका बुबाले कानुनी लडाइँ लड्ने

काठमाडौं : थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालले चिकित्सकको लापर्बाहीका कारण उपचारक्रममा बालिका भिक्टोरी आचार्यको मृत्यु भएको भन्ने आरोपको खण्डन गरेको छ ।

अस्पतालले ‘निमोनियाका कारण कडा श्वाप्रश्वासमा समस्या र रगतमा संक्रमण फैलिँदा स्वास्थ्य जटिल बनिसकेको अवस्थामा गत भदौ १३ गते बिहान आकस्मिक कक्षमा पुर्‍याइएकी आचार्यलाई बचाउन गरिएको प्रयास असफल भएको’ जनाएको छ । भर्ना हुनासाथ बालिकालाई बचाउन अक्सिजन दिनेलगायत सबै किसिमको चिकित्सकीय विधि अपनाए पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारको सहमतिमा ‘इन्टियुबेसन’ गरेको अस्पतालको दाबी छ ।

अस्पतालका अनुसार बिरामीले सास फेर्न नसकेकाले उमेर र तौलबमोजिम ‘ट्युब’ राखिएको र उपचारमा फिजिसियन, बालरोग विशेषज्ञ, एनेस्थेसिस्ट, तालिमप्राप्त नर्सलगायत दक्ष स्वास्थ्यकर्मी समूह खटिएको थियो । बालिकालाई बचाउन नसकेकोमा अस्पतालले दु:ख व्यक्त गरेको छ ।
‘चिकित्सकविरुद्ध कानुनी लडाइँमा जान्छु’

 

मृतक बालिकाका बुबा डा. विष्णु आचार्यले छोरीको उपचारमा नर्भिक अस्पतालका चिकित्सकले चरम लापर्बाही गरेको आरोप लगाउँदै कानुनी उपचारमा जाने बताए । सामान्य रुघाखोकी र हल्का ज्वरो आएको र सोही कारणले अक्सिजनको लेबल तल-माथि भएको अवस्थामा छोरीलाई ओपीडीमा जाँचका लागि पुर्‍याएको उनको भनाइ छ । त्यसपछि चिकित्सककै सल्लाहमा आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरे पनि उपचार प्रक्रिया सुरुदेखि नै अपारदर्शी रहेको दाबी उनले गरे ।
‘म आफैं चिकित्सक भएको नाताले पनि छोरीको उपचार प्रक्रिया नियालिरहको थिएँ’, उनले भने, ‘रगत जाँच गर्दा होस् या कृत्रिम श्वासप्रश्वास दिँदा, उपचार विधि सन्तोषजनक थिएन ।’

उनले उपचारका क्रममा ज्वरो झन् बढेपछि पीआईसीयू छ÷छैन भनी सोध्दा रहेको जानकारी दिए पनि पछि ‘छैन, अन्तै लग्नू’ भन्ने जवाफ चिकित्सकले दिएको सुनाए । त्यसपछि आफूले जनमैत्री अस्पतालमा लैजान एम्बुलेन्स बोलाएको तर अक्सिजनको मात्रा झनै तल-माथि भएको भन्दै चिकित्सकले भेन्टिलेटरमा हालेर लग्न भनेको, भेन्टिलेटर जडान गर्ने बेला सबैभन्दा ठूलो लापर्बाही भएको उनको दाबी छ । कृत्रिम श्वासप्रश्वासका लागि आवश्यकताभन्दा मोटो ट्युब हालेपछि नलीमा क्षति पुग्न गई रगत आएको, त्यसको केही बेरमै छोरीको मृत्यु भएको उनले बताए ।

छानबिन समिति गठन

स्वास्थ्य मन्त्रालयले नर्भिक अस्पतालमा उपचारक्रममा बालिका मृत्युको घटना छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयका डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कानुन अधिकृत र सिभिल अस्पतालका एक विशेषज्ञ चिकित्सकसहितको समिति गठन भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.