प्रधानमन्त्रीले संसदको गरिमाको अपमान गरेः कमल थापा

 प्रधानमन्त्रीले संसदको गरिमाको अपमान गरेः कमल थापा

महेन्द्रनगर: राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा संसदमा पुनः संविधान संशोधनको प्रस्तावमा छलफल गर्ने भनि दिएको अभिव्यक्तिले संसदको गरिमाको अपमान गरेको बताएका छन्। पार्टीका स्थानीय तहका अध्यक्षहरुको सुदूरपश्चिम क्षेत्रीय सम्मेलनको महेन्द्रनगरमा उद्घाटन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन्।

 

उनले देश भित्रको आन्तरीक मामलालाई विदेशी भूमिमा गएर संसदमा अस्वीकृत भइसकेको संशोधन प्रस्तावमा पुनः छलफलका लागि प्रस्तुत गर्ने भनि दिएको अभिव्यक्तिले संसदको गरिमाको अपमान हुनुका साथै जनताको स्वाभिमानमाथि प्रहार भएको बताए।

'आगामी चुनावमा २÷३ बहुमत पुर्‍याउने र आफ्ना अधुरा रहेका अभिष्ट पुरा गर्ने यो खेल हो' राप्रपा अध्यक्ष थापाले भने, 'विदेशी भूमिमा गएर बहुमत पुर्‍याउने र संविधान संशोधन गराउँछौं भन्नेहरुबाट सबै नेपालीहरुले सर्तक हुनुपर्छ।' उनले अहिले काँग्रेस-माओवादीको सत्ता गठबन्धन आत्मसर्मपण वादी गठबन्धन भएको आरोप लगाउदै यसलाई पराजित गर्न राष्ट्रवादी शक्ति एक हुनुपर्ने धारणा राखे।

'यो गठबन्धन बाह्यशक्तिले निर्माण गरेको हो' उनले भने,'यसबाट सबै चनाखो हुनुपर्छ र बाह्य शक्तिको आडमा बनेको गठबन्धनलाई परास्त गर्ने तर्फ सबै लाग्नुपर्छ।' उनले बाह्यशक्तिकै चलखेलमा पार्टीलाई विभाजन गर्ने काम भएको आरोप समेत लगाए।'

'पशुपति जी मोहरा मात्र बनाईएका हुन्' उनले भने,‘ राष्ट्रवादी पार्टीलाई तहसनहस बनाउने काममा अरु नै शक्ति लागेकाले अहिले पार्टी विभाजन हुन पुग्यो।' उनले पार्टीलाई अघि बढ्न नदिने तत्वहरु विभाजनबाट अलग भएको भन्दै पार्टी अब अझै शसक्त भएर जाने दाबी गरे।

उनले पार्टी विभाजनमा पश्चिमा राष्ट्रको सहयोगमा सञ्चालित एनजीओ/आईंएनजीओको समेत भूमिका रहेको आरोप लगाए। पैसामा पार्टीका साँसद र नेताहरुलाई किन्ने काम भएको राप्रपा अध्यक्ष कमल थापाको आरोप छ।

संविधान संशोधन विधेयक राष्ट्रघाति नभएपनि पृष्ठभूमि भने घातक रहेको उनले बताए। राप्रपा अध्यक्ष थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सहभागी हुनु गम्भिर राजनीतिक भूल रहेको बताए।

'प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनु नै गम्भिर राजनीतिक भूल भएको पार्टीले ठहर गरेको छ’ उनले भने,‘ अध्यक्षको नाताले गल्ति स्वीकार्दै आत्मालोचना गर्न चाहन्छु। वाध्यतात्मक परिस्थितीले विपक्षमा मतदान गरेको सरकारमा सहभागी हुनु परेको उनको भनाई छ।

पार्टीले लिएको एजेन्डा बलियो थियो, जनमत पनि राप्रपाले बटुलिरहेकै थियो' उनले भने,'कमजोर संगठन भएकै कारणले स्थानीय तहको निर्वाचनमा हार व्यर्होन पुग्यौं।' उनले अबको ध्यान सिंङ्गो पार्टीलाई जनस्तरसम्म सागठनिक बनाएर लैजानमा केन्द्रित रहनेछ।

दुई दिनसम्म चल्ने राप्रपाका ७ नम्बर प्रदेशका ९ वटै जिल्लाका स्थानीय तहका अध्यक्षहरुको सम्मेलनमा पार्टीको आगामी कार्ययोजना, संगठन निर्माण लगायतका विभिन्न विषयमा छलफल केन्द्रित हुने राप्रपा कञ्चनपुरका अध्यक्ष पूर्ण बहादुर चन्दले बताए।

सम्मेलन उद्घाटन समारोहमा बोल्नै स्थानीय नेता कार्यकर्ताहरुले पार्टीलाई एकढिक्का बनाएर बलियो संगठनका रुपमा अगाडी बढाएर लैजानुपर्ने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.