गरिबी अन्त्य सहकारीबाट मात्रै सम्भवः पूर्वगर्भनर खतिवडा

  गरिबी अन्त्य सहकारीबाट मात्रै सम्भवः पूर्वगर्भनर खतिवडा

बागलुङ: राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैकंका पूर्व गर्भनर डा. युवराज खतिवडाले गरिबी शुन्यमा पुर्‍याउने लक्ष्य सहकारीबाट मात्रै सम्भव भएका बताएका छन्। आदर्श सञ्चार सहकारी संस्था बागलुङको एघारौ बार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै डा.खतिवडाले गरिबी शुन्यमा झार्ने लक्ष्य सरकारी र निजी निकायको प्रयासबाट असम्भव रहेको दाबी गरे।

 

नेपालमा जसले पनि सरकारलाई दोष दिने र देखाउने प्रवृत्ति हावी रहेको उल्लेख गर्दै उनले सबै काम सरकारले गरिदिनु पर्छ भन्ने सोच बदले मात्र मुलुक समृद्ध बन्ने बताए। 'केही भएन भने त्यसको सबै दोष सरकारले गरेन भन्छौ, अर्को तर्फ निजी सघं संस्था पनि कानुनको पालना गरेर मुनाफामा केन्द्रित देखिन्छ,' पूर्व गर्भनर खतिवडाले भने, 'अब आर्थिक समानता सहित समाज निर्माण गर्ने सहकारी आजको अपरिहार्य बिकल्प हो।'

तर सहकारी पनि ऋण बचतमा मात्र सिमित भएकोमा भने उनले रोष प्रकट गरे। ‘ऋण बचत र बहुउद्धेश्यीय सहकारी धेरै छन्, हाम्रोमा एउटाले एक काम गर्‍यो भने अरुले पनि त्यही प्रकृतिको काम गर्ने पवृत्ति बढ्दो छ,’ उनले थपे, 'केही जोखिम मोलेर, अन्वेषण गरेर जल, जङ्गल, आवास, स्वास्थ्य, शिक्षा सहकारी बनाउन र त्यसमा लगानी गर्न सक्ने हो भने राम्रो सम्भावना देखिन्छ, त्यसले सामाजिक उत्तरदायित्व पनि पुरा हुनेछ।'

नेपाली नागरिक आर्थिक रुपमा सबल नहुँदा देशको नेतृत्व चयनमा पनि त्यसको प्रभाव देखिनु दुर्भाग्य भएको बताए। 'भन्न त हामी यो देशका सार्वभौम नागरिक भन्छौ तर आर्थिक रुपमा हामी स्वतन्त्र हुन सकिरहेका छैनौ,' पूर्व गर्भनर खतिवडाले भने, ‘बिवेक बन्धक राखेर मतदान गर्नुपर्ने बाध्यता आज गाउँ–गाउँमा ठाउँ-ठाउँमा छ, सहकारीले यस्तो बाध्यता अन्त्य गर्न तर्फ लाग्नुपर्छ।'

समाजमा बिद्यमान रहेको गरिबी र बिपन्नता अन्त्यका लागि गैर-सरकारी संस्थाको भन्दा सहकारीको भुमिका बढी प्रभावकारी हुनुपर्ने उनले बताए। दिगो बिकास लक्ष्य पुरा गर्न सहकारीको विकास, विस्तार र चुस्त व्यवस्थापन आवश्यक भएको उनको भनाई थियो।

हरेक नागरिकले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक सबै हिसावले स्वच्छ, स्वस्थ र मर्यादित जिवन बिताउन पाउने अवस्था दिगो विकासको अवधारणा हो,' उनले भने, ‘अब यसका लागि सहकारी र स्थानीय सरकारलाई जोड्ने काम गर्नुपर्छ।'

सहकारी बैकंका प्रवन्ध सञ्चालक सम्मानित राष्ट्रिय सहकारी बैकंका प्रवन्ध सञ्चालक केवी उप्रेति सम्मानित भएका छन्। लामो समयदेखी सहकारी अभियानमा सक्रिय भएर महत्वपूर्ण योगदान गरेको भन्दै आदर्श सञ्चार सहकारी संस्थाले आफ्नो एघारौ बार्षिक साधारणसभाका अवसरमा सम्मान गरेको हो।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गर्भनर डा.युवराज खतिवडाले प्रवन्ध सञ्चालक उप्रेतिलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेका थिए।

जिल्लामा सहकारी सघंलाई सक्रिय बनाई राष्ट्रिय सहकारी बैकंको शाखा कार्यालय बागलुङमा स्थापना गर्न समेत महत्वपूर्ण भुमिका खेलेकाले उप्रेतिलाई सम्मान गरिएको आदर्श सञ्चार सहकारी संस्थाका प्रवन्धक सम्पादक रामबहादुर जिसीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.