वीरगन्जमा माओवादी सचिवालय बैठकः प्रदेश-२ मा एक नम्बर पार्टी बनाउने निर्णय

वीरगन्जमा माओवादी सचिवालय बैठकः प्रदेश-२ मा एक नम्बर पार्टी बनाउने निर्णय

वीरगन्ज : आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरु प्रदेश नम्बर २ मा केन्द्रित भएका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी वीरगन्जमा शनिबार माओवादी केन्द्रको केन्द्रीय सचिवलाय बैठक बसेको हो । बैठकले तेश्रो चरणको निर्वाचनमा सबै भन्दा बढी स्थानीय तह जितेर प्रदेश नम्बर २ मा माओवादी केन्द्रलाइ पहिलो नम्बरको पार्टी बनाउने निर्णय नै गरेको छ ।

 

पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रदेश नम्बर–२ मा सबै भन्दा बढी स्थानीय तहमा जित हात पार्दै पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने निर्णय गर्दै त्यसका लागि रणनीति पनि बनाएको छ ।

बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अध्यक्ष दाहालले शनिबार वीरगन्जमा बसेको सचिवालय बैठक प्रदेश नम्बर–२ मा हुने आसन्न स्थानीय तहको निर्वाचनमै केन्द्रित रहेको र बैठकले सबै भन्दा बढी सिट जितेर पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने निर्णय गरेको जानकारी दिए ।
‘बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा सबै भन्दा बढी सिट जितेर प्रदेश नम्बर २ मा पहिलो नम्बरको पार्टी बनाउने निर्णय गरेको छ र यसको प्रबल सम्भवना पनि छ, दाहालले भने, ‘त्यही भएर नै प्रदेश नम्बर–२ मै सचिवालय बैठक बसेको हो ।’

निर्वाचनलाई लक्षित गरेर मधेसका जिल्ला दौडाहमा रहेको जानकारी दिदै प्रचण्डले भने, ‘सर्लाही र रौतहटमा मात्रै दुई चार दिन यता भएका कार्यक्रममा विभिन्न दलका केन्द्रीय स्तरका नेतासहित नौ हजार नेता कार्यकर्ता माओवादीमा प्रवेश गरिसकेका छन्, अरु जिल्लामा पनि माओवादी प्रति मधेसी जनताको प्रवेश गर्ने लहर नै चलेको छ, अहिले देखिएको जनलहरले पनि आसन्न निर्वाचनमा माओवादी प्रदेश नम्बर–२ मा एक नम्बर पार्टीको रुपमा स्थापित हुने प्रबल सम्भावना छ ।’

निर्वाचनमा माओवादी केन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलसंग चुनावी सहकार्य गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ । माओवादी केन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिसंग चुनावी सहकार्य गर्छौ , अध्यक्ष दाहालले भने ,‘ प्रदेश नम्बर २ मा खासगरि राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमसंगको चुनावी सहकार्यलाई भने बढी प्राथमिकतामा राखेका छौँ ।

आफू नेतृत्वकै सरकारका पालामा दुई तिहाई बहुमतको संख्या पुर्याएर संसदमा संविधान संशोधनको प्रस्ताव लग्ने अन्तिम तयारी गरेका बेला राप्रपाका १० सांसद अचानक बेपत्ता भएका कारण त्यो प्रयास सफल हुन नसकेको बताए ।

स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधी सभाको निर्वाचनपछि फेरि पनि संविधान संशोधनका लागि प्रयास गर्ने निर्णय सचिवालय बैठकले गरेको जानकारी अध्यक्ष दाहालले दिए । अब हुने तीन तहकै निर्वाचनमा परिवर्तनका पक्षधरहरुको पक्षमा राम्रो नतिजा आएको खण्डमा चुनाव पछि नै फेरि संशोधनको प्रकृया अगाडि बढाइने उनले बताए ।

‘संविधान संशोधनका लागि माओवादीले देखाएको इमान्दार प्रयासले माओवादी मधेस र मधेसीको सच्चा मित्र हो भन्ने कुरा प्रमाणित भइसकेको छ’, उनले भने ,‘जसको संकेत अहिले मधेसमा माओवादी प्रति बढेको जनलहरले पनि पुष्टि गरिरहेको छ ।’

माओवादी सचिवालय बैठकले मधेसका बाढीपीडित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसंग माग गर्ने निर्णय पनि गरेकको जानकारी गराए । सचिवालय बैठकमा भारत भ्रमणका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा दिएको अभिव्यक्तिका विषयमा पनि छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए ।
शनिबार वीरगन्जमा बसेको सचिवालय बैठकमा गृहमन्त्री जनार्दन शर्मा , परराष्ट्रमन्त्री कृष्ण महारा , शहरी विकासमन्त्री प्रभु साह, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतका साथै सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ , अमिक शेरचन, रामबहादुर थापा बादल, मातृका यादव, हितराज पाण्डे, गोपाल किराँती, दीनानाथ शर्मा, वर्षमान पुन, महेश्वर दाहाल, पार्टीकी प्रवक्ता पम्फा भुषाल लगायतको सहभागीता थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.