६ वर्षमा ३० प्रतिशत काम

 ६ वर्षमा ३० प्रतिशत काम

काठमाडौं  : सरकारले उत्तर र दक्षिण सीमानासम्म जोड्ने गरी निर्माण सुरु गरेका व्यापारिक सडकको प्रगति न्यून देखिएको छ । ६ वर्षअघि थालिएका पाँचवटा सडकको काम अहिलेसम्म ३० प्रतिशत मात्र पूरा भएको छ । हाल भारतीय सीमानातर्फ मात्र सडक निर्माणको काम भइरहेको छ । अहिले बेलहिया-बुटवल, रानी-विराटनगर-इटहरी, जटही-जनकपुर-ढल्केबर, वीरगन्ज-पथलैया र मोहनापुल-अत्तरिया सडकखण्ड निर्माण सुरु गरिएको छ ।

उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका निर्देशक भीमार्जुन अधिकारीले यी सडक तत्कालका लागि भारतसँग व्यापार विस्तार गर्न निर्माण गरिए पनि भविष्यमा चीनसँग जोड्ने लक्ष्य रहेको जानकारी दिए । उनले निर्माण सुस्त हुनुमा आवश्यकता अनुसार बजेट विनियोजन नहुनु र भएको बजेट पनि खर्च गर्ने क्षमता नहुनु प्रमुख कारण रहेको बताए ।

 

उनका अनुसार यीमध्ये कतिपय सडक निर्माण भर्खर थालिएको छ । अहिलेसम्म यी सडक निर्माणमा सवा सात अर्ब रुपैयाँ खर्च भइसकेको छ । यी सबै सडक उच्च गुणस्तरका हुनेछन् । अधिकारीले भने, ‘स्थानीय व्यापार अभिविृद्धि गर्ने गरी सबै सडकलाई ६ लेनको बनाइनेछ ।' सरकारले भारत र चीनसँग नेपालको व्यापारिक सम्बन्ध बढाउन आर्थिक वर्ष २०६८/६९ बाट यी सडक निर्माण सुरु गरेको हो ।

सबै व्यापारिक सडकको ठेक्का व्यवस्थापन पूरा भएर निर्माण प्रक्रिया अगाडि बढेको छ । यी सडकमध्ये सबैभन्दा पहिले सुरु भएकामा अलि बढी र पछि सुरु भएकामा कम काम भएको छ । औसतमा एक तिहाई काम भएको आयोजनाले जानकारी दिएको छ । नेपाल र भारतबीचको व्यापार तथा उपभोग्य वस्तुमा सहजीकरण गर्ने भएकाले ‘व्यापारिक मार्ग' नामाकरण गरिएको छ ।

भारतका विभिन्न पाँचवटै नाकाबाट पूर्व—पश्चिम अर्थात् महेन्द्र राजमार्गसँग यी सडक जोडिनेछन् । यी सडकमध्ये बेलहिया-बुटवल सडक सबैभन्दा पहिले सुरु भएको हो । २४ किमिको यो सडक आव २०६८/६९ मै सुरु भएको थियो । यो सडकमा हालसम्म तीन अर्ब ३८ करोड रुपैयाँ खर्च भएको छ । यो खर्चबाट ६१ प्रतिशतको भौतिक प्रगति भएको आयोजनाको दाबी छ । यो सडकमा गत वर्ष एक अर्ब १८ करोड रुपैयाँ विनियोजन भएकोमा ९९ प्रतिशत बजेट खर्च भयो ।

५० किलोमिटरको रानी-विराटनगर सडक आव २०६९/७० बाट सुरु भएको हो । यो सडकमा हालसम्म दुई अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ । यो खर्चबाट १३ प्रतिशतको मात्रै भौतिक प्रगति भएको तथ्यांकले देखाएको छ । यो सडकमा २८ किमिमा काम भइरहेको छ । ४० किमिको जनकपुर-जटही र २७ किमिको वीरगन्ज-पथलैया सडक भने २०७१/७२ बाट सुरु भएका हुन् । यी सडकमा जनकपुर जटही ४५ करोड खर्च गरेर १० प्रतिशतको मात्रै भौतिक प्रगति भएको छ । यो रकमबाट १४ किमि निर्माण कार्य अगाडि बढाएकामा सात किमि मात्रै काम भइरहेको छ । बाँकी २६ किमिको भने ठेक्का सम्पन्न भएको छ ।

२७ किमिको वीरगन्जबाट-पथलैयाका लागि भने ८१ करोड रुपैयाँ खर्चेर सरकारले हालसम्म २६ प्रतिशतको प्रगति हासिल गरेको उल्लेख छ । यो सडकमा जम्मा नौ किलोमिटरको सबवेसमा मात्रै काम भइरहेको छ भने बाँकी प्रक्रियामै रहेको उल्लेख छ । १४ किमिको मोहनापुल अत्तरिया सडक भने गत आर्थिक वर्षबाट मात्रै सुरु भएकाले खासै प्रगति भएको छैन । साइट क्लियर गर्ने र ठेक्का प्रक्रियासहितको काम गर्दा १५ करोड खर्च भएको सडक विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

सडक विभागको वार्षिक प्रतिवेदनअनुसार आव २०७३/७४ सम्ममा यी सबै व्यापारिक सडकलाई ठेक्का गर्ने र निर्माण कार्य अगाडि बढाउने काम भएको छ । इन्फोअहिले बेलहिया-बुटवल, रानी-विराटनगर-इटहरी, जटही-जनकपुर-ढल्केबर, वीरगन्ज-पथलैया र मोहनापुल-अत्तरिया सडकखण्ड निर्माण सुरु गरिएको छ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.