बोतलको पानीमा व्यापक कालोबजारी

बोतलको पानीमा व्यापक कालोबजारी

दाङ : बोतलको पिउने पानीमा व्यापारीले एक सय २२ प्रतिशतसम्म मूल्य बढाएर बिक्री गरिरहेका छन् । उद्योगबाट प्रतिबोतल ११ रुपैयाँ ६६ पैसामा किनेको पिउने पानी व्यापारीले २५ रुपैयाँमा उपभोक्तालाई बेच्ने गरेका छन् । पानी उद्योगबाट खरिद गरिएको मूल्यभन्दा एक सय २२ प्रतिशत बढी नाफा गरेर व्यापारीले खुलेआम ठग्ने गरेको उपभोक्ताले बताएका छन् ।

 

११ रुपैयाँमा किनिएको ‘ड्रिकिङ वाटर' हामीले २५ रुपैयाँमा किन्नुपर्ने अवस्था छ, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका जिल्ला कोषाध्यक्ष दर्शन आचार्यले भने,‘ यसरी ठग्नेलाई कारबाही हुनुपर्छ ।' खरिद मूल्यभन्दा बढीमा २० प्रतिशतसम्म मात्र नाफा गरेर बेच्न पाइने कानुनी व्यवस्था छ । त्योभन्दा बढी मूल्य लिए त्यस्तालाई कालोबजारी ऐनअनुसार कारबाही हुन्छ ।

पानी उत्पादन उद्योगले शुद्धीकरण गरिएको खानेपानीका बोतलमा मूल्य लेवल टाँस्न कन्जुसाइँ गर्दा उपभोक्ता ठगिएका भन्दै उपभोक्ता अधिकारकर्मी आचार्यले उद्योगलाई एमआरपी नै राखेर पानीका बोतल बजारमा पठाउन आग्रह गरे । सामाजिक अभियन्ता सनत गिरीले स्थानीय प्रशासनको मौनता र लापरबाहीले व्यापारको नाममा उपभोक्ता ठगी भइरहेको आरोप लगाए । जिल्लामा नियमन गर्ने प्रशासन हो । पानीको मूल्यमा पनि यसले नियमन गर्नु सक्नुपर्ने गिरिको भनाइ छ । खानेपानी उद्योगले उत्पादन मिति, मूल्य लेबल, अद्यावधिक मितिलगायत उल्लेख नगरी पानी बजार ल्याउँदा उपभोक्ता सूचनाको अधिकारबाट बञ्चित भएको गिरीको भनाइ छ ।

उद्योगबाट प्रतिबोतल ११ रुपैयाँ ६६ पैसामा किनेको पिउने पानी व्यापारीले २५ रुपैयाँमा उपभोक्तालाई बेच्ने गरेका छन् ।

प्रशासनको फितलो अनुगमन, मौसमी अनुगमनले यो समस्या नहटेको उनले बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले व्यवसायीसँग छलफल गरेर पानीको मूल्यमा एकरुपता ल्याउने बताए । उद्योगबाट थोक बिक्रेता, थोकबाट फुटकर बिक्रेतामा आउँदा यस्तो समस्या भएको भन्दै उनले संघले यो समस्या समाधानको लागि पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले उद्योगले देखिने गरी मूल्य टाँस नगर्दा उपभोक्ताले चर्को मूल्य तिर्न वाध्य भएको बताए ।

उद्योगले सर्वसुलभ मूल्यमा पसल-पसलमा शुद्धीकरण गरिएको खानेपानी पुर्‍याए पनि व्यापारीले आफूखुसी मूल्य लिएर बिक्री गरिरहेका छन् । यस विषयमा सरकारले तत्काल बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उपभोक्ताको माग छ । जिल्लामा खानेपानी उत्पादन गर्ने १४ वटा उद्योग छन । उद्योग विकास शाखा दाङका प्रमुख उद्योग अधिकृत वासुदेव रिजालका अनुसार पानी उद्योगमा जिल्लामा आठ करोड, २० लाख, ५३ हजार रुपैयाँ लगानी भएको छ । यी उद्योगबाट वार्षिक ३३ करोड रुपैयाँको पानी उत्पादन हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.