'कुटुमा कुटु' गीतले बनायो नयाँ रेकर्ड

'कुटुमा कुटु' गीतले बनायो नयाँ रेकर्ड

चलचित्र ‘२ रुपैयाँ’मा समेटिएको गीत ‘कुटुमा कुटु’ले युट्युबमा दुई करोड भ्युज पाएको छ । यो गीतले युट्युबमा नेपालका लागि विभिन्न रेकर्ड पनि कायम गरेको छ । गत जेठ १४ गते युट्युबमा अपलोड गरिएको यो गीतले तीन महिनामै दुई करोड भ्युज पाएको हो । यति छोटो समयमा युट्युबमा दुई करोड भ्युज पाउने नेपाली चलचित्रको यो पहिलो गीत बन्न सफल भएको छ । त्यसैगरी प्रदर्शनअगाडि दुई करोड भ्युज पाउने पनि यो एकमात्र गीत बनेको छ ।

यो चलचित्र भदौ २३ गते रिलिज हुँदैछ । चलचित्र रिलिज हुनुभन्दा ६ दिन अगाडि यो गीतले युट्युबमा यो आँकडा कायम गरेको हो । ‘कुटुमा कुटुले चलचित्र प्रदर्शनअगाडि नै दुई करोड भ्युज पाउनु हाम्रो लागि उत्साहको विषय हो’, चलचित्र निर्देशक असीम शाहले भने, ‘गीतले दुई करोड भ्युज पाउनुमा दर्शकको माया र विश्वानस हो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.