पार्टी फेर्दै उम्मेदवार बन्दै

पार्टी फेर्दै उम्मेदवार बन्दै

राजविराज : तेस्रो चरणको स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न दल फेर्ने क्रम बढेको छ । नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीमा स्थानीय नेताहरूले दल फेर्न थालेपछि पुरानाभन्दा नवप्रवेशीले ठाउँ ओगटेका छन् ।दलहरूले टिकट दिँदै धमाधम नयाँलाई भित्र्याएपछि पार्टीमा योगदान गरेका पुराना नेता भने क्षुब्ध भएका छन् । आफू क्रियाशील दलबाट उम्मेदवारी नपाएपछि आकांक्षी पनि एउटा दलबाट अर्कोमा जाने होडबाजी नै चलेको छ ।

 

पूर्वराज्यमन्त्री अनिस अन्सारी राजविराज नगरपालिकाको मेयर उम्मेदवार बन्न पाउने भएपछि मंगलबार माओवादी केन्द्रमा प्रवेश गरे । उनी नेपाल सद्भावना पार्टीका संस्थापक महामन्त्रीसमेत हुन् । साविक पत्थरगाडा गाविसका पूर्वअध्यक्ष शिवनारायण साह, पूर्वउपाध्यक्ष हरिनारायण चौधरी र नर्घोका निवर्तमान उपाध्यक्ष सत्यनारायण यादव ‘सतो' बुधबार राजपामा प्रवेश गरे । डाक्नेश्वरी नगरपालिकामा पार्टीले अरूलाई नै उम्मेदवार बनाउने भएपछि कांग्रेसका पुराना कार्यकर्ता रहेका उनीहरू राजपा प्रवेश गरेका हुन् । राजपामा उनीहरूको उम्मेदवारी पक्काजस्तै रहेको नेता सत्यनारायण यादवले जानकारी दिए ।

एमालेबाट गाविस अध्यक्ष बनिसकेका निर्मल यादवले लोकतान्त्रिक फोरमबाट छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा टिकट पाउने भएपछि शनिबार मात्र पार्टी परिवर्तन गरे । तिरहुत गाउँपालिकाबाट एमालेका प्रत्याशी दीपेन्द्र लगरवार आफ्नो पार्टीबाट अध्यक्षको उम्मेदवार बन्न लागेको लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष शैलेश चौधरीले बताए ।


–एउटा दलबाट अर्कोमा जाने होडबाजी
–पुरानालाई लत्याएर नयाँले ठाउँ ओगटे
–प्रतिबद्ध नेता/कार्यकर्ता हेरेका हेर्‍यै
–निर्वाचन परिणाम आकलन गर्न गाह्रो

अग्निसार कृष्णसवरण गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रबाट प्रस्तावित कल्पना चौधरीलगायत बुधबार नयाँ शक्तिमा प्रवेश गरे । पार्टी प्रवेशलगत्तै नयाँ शक्तिले चौधरीलाई उपाध्यक्ष र अन्यलाई वडाध्यक्ष, सदस्यमा उम्मेदवार बनाउने निर्णय गर्‍यो । संघीय समाजवादी फोरम त्यागेका सुखराम यादव एमालेमा प्रवेश गरी प्रचारमा जुटिसकेका छन् ।

एमाले परित्याग गरेका बेल्ही चपेनाका विशो मण्डल कांग्रेसबाट उपाध्यक्षको उम्मेदवार बन्दै छन् भने कांग्रेस परित्याग गरेका जिल्ला सदस्य ओमप्रकाश मण्डलले एमालेबाट अध्यक्ष पदमा टिकट पाएका छन् । राजविराजको मेयरमा उम्मेदवारी सुनिश्चिततापछि राजपा परित्याग गरेका केन्द्रीय सदस्य भीमराज यादव संघीय समाजवादीमा प्रवेश गरी चुनावी दौडमा छन् ।

नवप्रवेशीले धमाधम टिकट हात पार्न थालेपछि पुराना कार्यकर्ता भने हेरेका हेर्‍यै भएका छन् । वडाध्यक्ष र सदस्यको टिकट पाउनेमा नवप्रवेशीकै बाहुल्य रहने देखिएको छ । यस्तो प्रवृत्तिले निर्वाचन परिणाम आकलन गर्न गाह्रो पारेको विश्लेषक बताउँछन् । निर्वाचनको मुखमा दल परिवर्तन गर्नेहरूलाई अवसर दिनुले दुःख गरेका कार्यकर्ता ओझेलमा परेको ई. सूर्यनारायण यादवको भनाइ छ । पार्टीहरूमा संस्थागत संस्कारको विकास हुन नसकेको शिक्षक रामकुमार यादवको बुझाइ छ । भन्छन्, ‘यस्तो परिपाटीले भविष्यमा पार्टीलाई नै हानि पुर्‍याउँछ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.