सत्तारुढ दल माओवादीद्वारा जनपरिषद् गठन

सत्तारुढ दल माओवादीद्वारा जनपरिषद् गठन

चरीकोट: सत्तारुढ दल नेकपा माओवादी केन्द्रले दोलखामा जनपरिषद् गठन गरेको छ। जनयुद्धकालीन अवस्थालाई सम्झाउने गरी माओवादी केन्द्र दोलखाले जनपरिषद् गठन गरेको हो। जनपरिषदलाई जिल्ला, नगरपालिका, गाउँपालिका हुँदै वडास्तरसम्म विस्तार गरिने माओवादी केन्द्र दोलखाले जनाएको छ।

 

स्थानीय तहको निर्वाचनमा तेश्रो भएको माओवादी केन्द्रले निर्वाचित जनप्रतिनिधिहरुको कामकारवाहीको अनुगमन तथा मुल्याङ्कन गर्ने उद्धेश्यका साथ जनपरिषद गठन गरिएको जिल्ला इञ्जार्ज देवी खड्काले जानकारी दिइन्।

जनताले कुनै पनि हिसाबले दुःख नपाउन भन्ने उद्धेश्य अनुरुप छाँया सरकारको रुपमा जनपरिषद् गठन गरिएको उनले स्पष्ट पारिन्। जनपरिषदले जनसेवा तथा सामाजिक काम गर्नुका साथै स्थानीय तहका सरकार, गैरसरकारी संस्था तथा विकास योजनामा हुन सक्ने अनियमितालाई नियन्त्रण गर्न र आफ्नो जनमतको संरक्षण गर्ने जिल्ला इञ्जार्ज खड्काले बताइन्।

मंसिरमा हुन लागेको प्रादेशिक र केन्द्रीय चुनावलाई लक्षित गरी माओवादी केन्द्रले छाँया सरकार गठन गरेको हो। माओवादी केन्द्र दोलखाको विस्तारित बैठकबाट औपचारीक निर्णय गरी जनपरिषद् गठन गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

परिषदको संयोजकमा माओवादी केन्द्र दोलखाका सचिब एवंम कालिञ्चोक गाउँपालिकाको प्रमुखमा पराजित भएका कुलबहादुर बुढाथोकी रहेका छन्। यस्तै जनपरिषदमा माओवादीवाट स्थानीय तहमा बिजयी तथा पराजित भएका उम्मेदवारहरु सदस्य रहने छन्।

यसैगरी बैठकले वाईसिएललाई ‘लडाकु चरित्र’ बनाउने निर्णय गरेको छ। वाईसिएल दोलखाले सामाजिक विकृति, बिसंगति, अनियमिता र भ्रष्टाचारी बिरुद्ध अभियान चलाउने भएको छ। माओवादीले गठन गरेको जनपरिषदका काम कारवाहीलाई सहयोग गर्न वाईसिएलले सहयोग गर्ने रणनीति रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.