स्वास्थ्यमन्त्री पोखरेल स्वस्थ
काठमाडौ : स्वास्थ मन्त्री गिरिराजमणि पोखरेल आइतवार अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ लाभ भएपछि दिउँसो १ बजे बिर अस्पतालबाट मन्त्री पोखरेल डिस्चार्ज भएको उनको नीजि सचिवालयले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार मन्त्री पोखरेलको स्वास्थ अवस्था अहिले सामान्य हुने क्रममा छ।
मन्त्री पोखरेलले विर अस्पतालमा आठ दिन बिताएका थिए ।
वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेत, डाक्टर सुरेन्द्रलाल श्रेष्ठ, अस्पताल व्यवस्थापन पक्ष, प्रशासन र सम्पुर्ण कर्मचारीलाई मन्त्री पोखरेलले कृतज्ञता व्यक्त गरेका छन् ।
मन्त्री पोखरेलले यस्तैं भिजिटिङ चिकित्सकको रुपमा उपचारमा आएका डा रमेश चोखानि, डाक्टर अर्जुन कार्की, डाक्टर यादव देव भट्ट लगायत उपचारमा सम्लग्न सम्पुर्ण चिकित्सक प्रति बिशेष धन्यवाद दिएका छन् ।