रोजगारीका लागि विदेश जानु पर्दैन : गभर्नर नेपाल

रोजगारीका लागि विदेश जानु पर्दैन : गभर्नर नेपाल

पाल्पा : नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले युवाले रोजगारीका लागि विदेश जानुभन्दा आफैँ उद्यमी बनेमा मुलुकमा समृद्धि हुने बताएका छन्।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको छहरामा आइतबार सिटिजन्स बैंक इन्टरनेशनल लिको उद्घाटनमा गभर्नर डा नेपालले मुलुकभित्र प्रशस्त आम्दानीको अवसर रहेकाले स्वदेशमा नै केही काम गरी स्वरोजगार बन्नुपर्ने बताए।

उनले बैंक तथा वित्तीय संस्थाले कृषि, उद्योग, व्यवसाय सञ्चालनका लागि ऋण लगानी गरेर आर्थिकरुपमा सुधार ल्याउन सकिने उल्लेख गरे । विदेश गएर अरूको नोकर भएर कामगर्ने प्रवृत्ति त्याग्न पनि बताए ।

नेपालले काम गर्नेका लागि देशमै ठूलो अवसर रहेको बताए । सरकारले जनताका घरदैलोमा बैंकमार्फत पैसा लिएर आएको उनको भनाइ छ । ‘बैंकबाट कर्जा लिएर व्यापार, व्यवसाय गर्नुहोस्, देशमै राम्रो अवसर छ,’ उनले भने ।

बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानी गर्न आतुर रहेकाले अहिले पैसा नभएर व्यापार व्यवसाय गर्न पाईएन भन्ने अवस्था नरहेको पनि उनले बताए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.