निर्माणकार्यमा ढिलाई, जनतालाई सास्ती

 निर्माणकार्यमा ढिलाई, जनतालाई सास्ती

दाङ : ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयबीच समन्वय नहुँदा दाङमा निर्माणाधीन पुल र सदरमुकाम घोराहीमा सडक विस्तारको कामले गति लिन सकेको छैन ।कटुवाखोला पूल निर्माणका लागि २०७१ सालमा शंकरमाली निर्माण सेवाले सडक डिभिजन दाङसँग सम्झौता गरेको थियो । काम पटक्कै नगर्ने तर भनसुन गरि म्याद थप गरिरहँदा पुल बनिसक्नुपर्ने ठाउँमा भएको कजवे पनि फालिएको छ ।

पुल निर्माणस्थलदेखि करिब तीन किलोमिटर भानुचोकसम्म सडक फराकिलो पर्ने काम पनि सुरु गरेको २ बर्ष भयो । यसमा पनि प्रगति सडक भत्काउने बाहेक अरु केही भएको छैन् । जस्का कारण नागरिकले सास्ती पाएका छन् । घोराही उपमहानगरपालिका-१५ का राजकुमार प्रधान आफ्नो घर अगाडी खनिएका नाला र सडकदेखि आजित बनेका छन् ।

 

‘अहिलेसम्म बिगार्ने मात्रै काम भयो, बनाउने पटक्कै भएनन् ।', उनले भने,‘नबनाउने भए नबिगारेको भए हुन्थ्यो, बिगारे पनि छिटो बनाएको भए हुन्थ्यो ।' ठूलो पानी पर्दा नालामा भरिएको पानि घर भित्र पस्ने गरेको उनले गुनासो गरे । घोराही लमही जोड्ने सडकको कटुवाखोलामा बन्न लागेको पुलमा तीन बर्षमा आधा पिलर मात्रै ठडिएको छ । ४ करोड ११ लाखमा बन्ने पुलको तीन बर्षमा ३० प्रतिशत काम भएको छ ।

‘अरु बेला खासै फरक नपरेपनि वर्षाका बेला साह्रै समस्या हुन्छ', गाडी चालक रामवहादुर चौधरीले भने,‘पिलर बनाउँदा भएको कजवे पनि भत्काएर खोलामा पानी ठूलो भयो भने कि वारी कि पारी हुनु पर्छ, कस्लाई के भन्नु ?' सडक र पुल निर्माणमा अहिले ठेकेदार कम्पनी र राज्यका निकायहरुबीच जुहारी चलेको छ । ठेकेदार कम्पनीले गिट्टी-बालुवा उठाउन नपाएको त कहिले डिजाइन परिवर्तन भएर काम हुन नसकेको प्रतिक्रिया दिएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि पदमराज शर्माले आफूबाट पनि केही कमिकमजोरी भएको स्वीकार गर्दै सरकारी निकायकै कारण काममा ढिलाई भएको दावी गरे ।

‘हामीलाई चाहिने भनेको ढुंगा, गिट्टी र बालुवा नै हो ।', ‘यो बस्तुहरु लिन गयो प्रहरीले छोप्छ' उनले बताए । पटक पटक खोलामा ढुंगा-बालुवा लिन गएको आफ्नो सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको र जरिवाना समेत तिराएको उनको भनाई छ । ‘म सँग प्रमाण छ जिल्ला समन्वय समितिमा गएर रसिद काटेर ल्याउदा पनि प्रहरीले छोप्छ । अब अर्को पटकदेखि नबोक्ने भनेर पठाउछ अनि मैले काम गर्ने कच्चा पदार्थ कहाँबाट ल्याउने ?'

सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच समन्वयको अभाव हुँदा निर्माण कार्य ढिलाई हुन गएको बताइएको छ । निर्माण कार्य ढिलाईमा भुकम्प र नाकाबन्दीलाई कारण देखाउने गरिए पनि निर्माण थालनी गरिसकेपछि पुलको डिजाईन परिर्वतन हुनु पनि ढिलाईको प्रमुख कारण भएको सडक डिभिजन कार्यालयका प्रमुख बद्रीप्रसाद शर्माको भनाई छ ।

‘पुलको ठेक्का भैसकेपछि नाकाबन्दी र भुकम्पले पनि असर गर्‍यो । यसले गर्दा ९ महिना जति ढिला भएको हो ।', ‘फेरी सडक विभागले पुलको डिजाईन परिर्वतन गर्दा पनि ५ महिना रोकियो । त्यसपछि निर्माण व्यवसायीले काम नगरेरै ढिला भएको हो ।' प्रमुख शर्माले भने । पुल निर्माण सुरु भए देखि सडक कार्यालयका चार जना हाकिम परिवर्तन भैसकेका छन् । काम गर्छाै, काम नगर्नेको ठेक्का तोड्छौ भन्नु बाहेक अरु कुनै काम हुन सकेको छैन् । पछिल्लो समयमा नागरिकस्तरबाट समेत दबाब सृजना हुन थालेको छ । नागरिकहरु काम नगर्ने ठेकेदारलाई कालोसुचीमा राख्दै सम्झौता भंग गर्न दवाव दिन थालेका छन् ।

पुल र सडक निर्माणमा राज्यकै निकाय पनि बाधक बनेको छ । ठेकेदारले स्थानीय सरकारको अनुमतिमा ढुंगाजन्य बस्तुहरु निकाल्छ तर प्रहरीले रोक लगाउँदा काममा समस्या देखिएको छ । नागरिक स्तरबाट दबाव हुन थालेपछि प्रमुख जिल्ला अधिकारीले समेत यसमा चासो देखाएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले अबका दिनमा समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्माण कार्यको लागि आबश्यक ढुंगा, गिट्टी र बालुवा नै हो,अब देखी बिकास निर्माणका लागि रोकटोक हुँदैन ।' उनले भने । कहीँकतै रोकावट भए आफुले समन्वय गर्ने प्रजिअ श्रेष्ठले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.