राजनीतिसँगै बङ्गुरपालन

राजनीतिसँगै बङ्गुरपालन

चरीकोट : आर्थिक विकास विना देशको विकास सम्भव नभएको भन्दै दोलखाका तिन जना नेताहरु व्यवसायीक बङ्गुर पालनमा सक्रिय भएका छन् । भीमेश्वर नगरपालिका वडा नम्वर ७ साखिनेमा डाफन नमूना ब्यवसायिक बङ्गुर फर्मको स्थापना गरेका छन् । सो बङ्गुर फार्म नेकपा (माले)का पोलिट व्यूरो सदस्य रेशम राजश्वराज रिमाल ,केन्द्रिय सदस्य बद्रीकुमार चौलागाई र नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठन दोलखाकी अध्यक्ष मेनुका उप्रेतीले सयुक्त रुपमा सञ्चालन गरेका हुन । करिब ५ रोपनी जमिनमा फैलिएको सो फर्मले दुई महिना अघि देखी उत्पादन दिन थालेको जनाएको छ । फर्ममा हाल विभिन्न जातीका ६२ वटा बङ्गुर रहेका छन् ।

 

फर्मको मुख्य उद्देश्य उन्नत जातका बङ्गुरको पाठापाठी उत्पादन गरेर किसान तथा अन्य ब्यवसायिक फर्महरूलाई बिक्री वितरण गर्ने रहेको भएता पनि यसले मासु उत्पादन र प्रशोधनको समेत लक्ष्य लिएको कम्पनीकी प्रबन्ध सञ्चालक जिस्नु कुमारी उप्रेतीले बताइन् । उनले सो फार्ममा तीन सय बङ्गुर पालन गर्ने लक्ष्य लिइएको समेत बताइन । हाल सो फार्ममा पाख्रीबास कालो, मेहसान, योर्कसायर, ह्यामसायर, धराने कालो, ड्यूरोक तथा बँदेल प्रजातीका बङ्गुरहरू रहेको जनाएको छ ।

सो फार्ममा हिमाली आयोजनाको अनुदान तथा डाफन नेपाल प्रालीको करिब डेढ करोडको लागत रहेको सञ्चालक बद्रि कुमार चौलागाईको भनाइ रहेको छ । उनले राजनिति गर्न पैशा चाहिने र पैशा कमाउनकै लागि पनि यो पेशामा आफुहरु सक्रिय भएको जानकारी दिए । राजनितिमा लागेर धेरैको भविष्य विग्रिरहेको बताउदै सबै युवाहरुलाई व्यवसायमा लाग्न आग्रह गरे । बङ्गुर सुग्घरी र शान्तिप्रिय जनावर हो । यसको मासु खशि, कुखुरा तथा राँगो, भैसी भन्दा लाभदायक हुन्छ ।

किसानहरूले थोरै मात्रामा बङ्गुर पाल्दा फोहोर खानेकुरा (गार्भेज) पनि ख्वाएर पाल्न सजिलो हुने भए पनि ब्यवसायिक रुपमा बङ्गुर पाल्दा भने गार्भेजभन्दा घाँस र गुणस्तरीय दानामात्र खुवाउदा लाभदायक हुन्छ । त्यसो गर्दा बङ्गुरको बृद्धिदर तीब्र हुने, निरोगिता बढ्ने, मृत्यूदर घट्ने तथा मासु समेत स्वादिलो र स्वस्थकर हुने भएकोले पनि यो पेशा सुरु गरिएको सञ्चालक चौलागाईको भनाइ रहेको छ । काम गर्न लजाइएन भने बङ्गुर पालनमा आम्दानी राम्रो भएको बताउदै राजनिति सँगै व्यवसायलाई सँगै लैजान निकै चुनौती रहे पनि आफुहरुले त्यसलाई व्यवस्थीत गराउदै लगिरहेको जानकारी दिए । सो फार्ममा २ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेको जनाएको छ ।

दोलखामा बङ्गुर व्यवसायको लागि राम्रो वातावरण रहेको जिल्ला पशु सेवा कार्यालय दोलखाका पशु चिकित्सक रामचन्द्र सापकोटाको भनाइ रहेको छ । दोलखा लगाएत राजधानीमा पनि बङ्गुरको माग रहेको बताउदै जिल्लाका धेरै कृषकहरुले व्यवसायीक रुपमा बङ्गुर पालन गर्दै आएको जनाएको छ । वङ्गुर पालनको लागि जिल्ला पशु सेवा कार्यालय दोलखाले पनि धेरै कृषकहरुलाई सहयोग गर्दै आएका छन् । जनजातीहरुको बाहुल्यता रहेको यस जिल्लामा बङ्गुरको मासुको माग भने धेरै रहेको जिल्ला पशु सेवा कार्यालय दोलखाले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.