पेन्सन खर्च बढ्दै जाँदा विकास बजेट घट्दै: अर्थराज्यमन्त्री राणा

पेन्सन खर्च बढ्दै जाँदा विकास बजेट घट्दै: अर्थराज्यमन्त्री राणा

काठमाडौं: अर्थराज्यमन्त्री उदय शमशेर राणाले बजेटको ठूलो अंश राष्ट्र सेवक कर्मचारीको पेन्सनमा खर्च हुँदा विकास खर्च कम हुँदै गएको बताएका छन्।

 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थराज्यमन्त्री राणाले पेन्सनको विकल्प नखोजिए विकास बजेट कटौति गर्नुपर्ने स्थिति आउन सक्नेतर्फ सचेत गराए। पेन्सनमा मात्रै चालु आर्थिक बर्षमा ४५ अर्ब रकम खर्च भएको भन्दै उनले भने, ‘यदी हामीले यसको विकल्प नखोज्ने हो भने अब हामीले विकास बजेट घटाएर कर्मचारीलाई पेन्सन दिनुपर्ने हुन्छ।’

उनले प्रत्येक बर्ष पेन्सन बढ्दै गएकाले मन्त्रालयले यसको विकल्पका रुपमा योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने तयारी गरिरहेको बताए।

विकास बजेट भन्दा दोब्बर रकम कर्मचारीको तलवभत्तामा खर्च हुँदा देशको समग्र विकासमा असर पर्दै गएको अर्थराज्यमन्त्री राणाले बताए। उनले योगदानमा आधारित पेन्सन प्रणालीलाई कार्यान्वयनमा ल्याउन ढिलाई गर्न नहुनेमा जोड दिए।

उनका अनुसार योगदानमा आधारित पेन्सन प्रणाली मन्त्रिपरिषद्बाट पारित भएर स्वीकृतिका लागि संसदमा पठाइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.