कहिल्यै नबलेको दियो

कहिल्यै नबलेको दियो

मुसहरका जुन वस्तीमा पुग्थे, उनीहरुका आँखाको भाका पढ्थे।असैह्य पिडाहरु सहेर कतै गुहार मागे जस्तो,कतै मुक्ति खोजे जस्तो लाग्थ्यो । पुगेका वस्ती मध्ये एक थियो,रौतहटको साबिक पिप्रा पोखरिया गाविसको वडा नम्बर ८ अर्थात हालको कटरिया नगरपालिका वडा नम्बर ९ स्थित डुमरिया टोल ।

झमझम बर्षा बर्सिरहेको थियो। राहत बितरण गरेर फर्किदा रात परिसकेको थियो। अन्नपूर्णपोष्टमा प्रकाशित समाचारलाई पछयाउँदै हामी त्यहाँ गएका थियौ । समाचार लेख्ने अन्नपुर्ण संम्वाददाता फणि महत काम बिशेषले काठमाडौं जान परेका कारण आफ्नो अनुपस्थितिमा एकजना भाई सहयोगका लागि खटाईदिनु भएको रहेछ। साँझ ५ बजेतिर चन्द्रनिगापुरमा हाम्रो भेट भयो।हंसराज बुवाको लागि जस्ता किन्नु पर्ने थियो । केहि समय त्यहाँ सामान खरिद गर्दा बित्यो।रात पर्न लाग्यो ।
तराईको बाटो सिधा तर हिलाम्मे। चुनाव प्रसार प्रचारका झण्डा बोकेका मोटर बाईकहरु हुई हुई गरी वारपार गरिरहेका थिए। हामीलाई मन मनै लाग्यो ‘राहत कसरि पुरयाउने होला?’


कतै चुनाव कसरी जित्ने भन्नेको चटारो थियो भने हामीलाई राहत कसरी सुरक्षित पीडित समक्ष पुरयाउने भन्ने थियो । चुनावी रौनक निकै छाएको छ तराईमा यो बेला।
धानखेतको बीच भाग भएर निर्माण गरिएको सडक बर्षाका कारण हिलाम्मे थियो।सहयोगी भाई बारम्बार भन्दै थिए ‘पहिले बाटो राम्रो थियो,अहिले बिग्रेको । ’ पानी परिरहेकै वेला हामी हाम्रो गन्तव्य तर्फ बढ्दै थियौ। बाटोमा गाउलेले भल तर्काउनलाई खाल्डो खनेछन।बिपरित दिसाबाट आएको भ्यान त्यहि फसेर बसेछ।हामी अर्को आपत विपदमा परयौ । खाल्डोमा फसेको भ्यानलाई हाम्रो गाडीले तानेर सहयोग गरियो । र हामी फेरी अगाडि बढयौ ।

फणिजी काठमाडौंबाट रातै पर्यो फर्कनुस भनेर बारम्बार फोन गरिरहनु भएको छ । उहाँलाई के थाहा लक्ष्यमा हिडेकाहरु बीच बाटोबाट कहिल्यै पनि फर्कन जान्दैनन् भन्ने कुरा।सहयोगी भाई मुसहर समुदायकै शिक्षित युवा रहेछन् । आफ्नो समुदायका लागि केहि गर्नु पर्छ भन्ने जोस ती भाइमा भेटिन्थ्यो। तर,यो अवसर दिने कस्ले ?
झलक्क हेर्दा छाते च्याउ जस्ता देखिने स—साना खरका झुपडीहरु । अध्यारोमै भए पनि निकै राम्रा देखिन्थे।रात परेपछि यहाँका पुरुषहरु मादक पदार्थ निकै पिउदा रैछन् । छेउको सानो घर भित्र टुक्रुक्क बसेर बसेर कोही सीसीमा कोही गिलासमा ठाडो घाटी लाँउदै गरेको दृश्यले त्यहि संकेत गरिरहेको थियो । 

केहि पर पुलिस चौकी रहेछ। बाटो छेउछाउमा उभिएर मोबाइलमा व्यस्त थिए । ती दृश्यलाई पार लगाउदै अगाडि बढदै थियौ । फेरि अर्को हुल भेटियो।हातमा पानी बोक्ने लोटाहरु लिएर खेततिर लाग्नेको।यो समय रहेछ पाईखाना जानेको।हामी अगाडि बढदै थियौ । बाटोमा गाडिको लाईटले भ्याएसम्म मान्छेका लाम, भ्यागुता, सर्प, स्याल सबै देखिए। 

केहि पर पुगेपछि एक किसिमको गन्ध आयो जस्ले रिंगटा नै लगायो । सहयोगी भाईलाई ‘यहाँ के को गन्ध हो ?’ भनि सोधेको ‘हामी जाने बस्ति छेउमा एउटा ठुलो रक्सि उत्पादन गर्ने कम्पनि छ।यो गन्ध त्यहि रक्सि बनेर बाँकी रहेको फोहोर हो ।’

म अच्चमित भए।यस्तो गन्ध सहेर यहाँका बासिन्दा कसरी बाँच्दैछन ? त्यहि कम्पनिको छेउछेउ भएर केहि बेरमै खोलाको किनारमा रहेको बस्ति पुग्यौ।अध्यारो झमक्कै भईसकेको थियो । अझ राम्ररी हेर्ने मौका मिलेन।मोबाईलको लाईटको सहयोगले हामी बाटो मुनिको बस्ति तर्फ लाग्यौ।बस्तिको छेउमा एउटा सानो खरको झुपडि रहेछ । बच्चामा हामी गोठालो जादा घाम छल्न बनाउने छाप्रो जत्रो।हामी पुगेपछि निकै खैलाबैला मच्चियो । छिमेकी सबै आए।त्यो सानो घरमा उज्यालो थिएन।मोबाईलको लाईट भित्र पार्यौ हंसराज बुवा टुक्रुक्क बसिरहनु भएको रहेछ।भाषाको समस्याका कारण सहयोगी भाईले ‘आमा खै त?’ भनेर सोधे।छिमेकको चुल्होमा खाना पकाउन जानु भएको थाहा पाइयो । बिगत केहि बर्षदेखि प्यारालाईसिसका कारण कम्मर मुनि नचल्ने र निसन्तान हंसराज बुवाको साहारा तिनै बुढी आमा मात्रै रहिछन्।
त्यो दुर्गन्धित क्षेत्र अनि खोलाको किनारमा बसाईएको यो बस्तिबारे आजसम्म कहि कतैबाट आवाज नउठ्नुको कारण के ? यस बस्तिमा खै त मानवाधिकार कर्मिहरुको नजर पुगेको ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.