भदौ २८ देखि नयाँ नोट वितरण

भदौ २८ देखि नयाँ नोट वितरण

काठमाडौं: नेपाल राष्ट्र बैंकले भदौ २८ गतेबाट दसैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ। अघिल्ला वर्षमा आफैले मात्रै नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यस वर्षदेखि सरकारी स्वामित्वका अन्य बैंकले समेत वितरण गर्न पाउने व्यवस्था गरेको छ। 

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट सटही व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए।

‘फरक यति हो कि नयाँ नोट साट्न राष्ट्र बैंकमा आफै सर्वसाधारण गए २७ हजार रुपैयाँसम्म साट्न पाउँछन्', उनले भने, ‘अन्य बैंकबाट प्रतिव्यक्ति २० हजार रुपैयाँ मात्र साट्न पाउने व्यवस्था छ।' निजीक्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ।

निजी बैंक तथा वित्तीय संस्थालाई भने सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न राष्ट्र बैंकले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने भएको छ। गतवर्षको दसैंमा करिब ३२ अर्ब रुपैयाँका नयाँ नोट साटिएको थियो। यस वर्ष ४० अर्बसम्म नयाँ नोट साटिन सक्ने राष्ट्र बैंकको अनुमान छ। ‘राष्ट्र बैंकसँग नयाँ नोट स्कट पर्याप्त छ', उनले भने ‘ कुनै समस्या छैन।

राष्ट्र बैंकले पाँच, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित बैंकिङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयबाट नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले यसपालि सर्वसाधारणका सुविधाका लागि नेपाल बैंकका काठमाडौं उपत्यकाका न्युरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधाको व्यवस्था मिलाएको छ। राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्शाल शाखाबाट पनि सटही सुविधा दिइनेछ।

कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइएको छ । विगतका वर्षमा राष्ट्र बैंकले नयाँ नोट पर्याप्त मात्रामा बजारमा पठाएको दाबी गरे पनि सर्वसाधारणले निकै समस्या झेल्नुपरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.