अफ्रिकी फिल्म फेस्टिभलमा 'डा. खाते'
काठमाडौं: कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र जंजिबार फिल्म फेस्टिभल तान्जानियाको संयुक्त आयोजनामा काठमाडौंमा ‘छैटौं नेपाल-अफ्रिका फिल्म फेस्टिभल २०१७' को तयारी सुरु भएको छ।
असोज २ देखि ४ सम्म काठमाडौंको रसियन कल्चर सेन्टरमा हुने महोत्सवमा नेपालबाट एउटामात्र चलचित्र ‘डा. खाते' चयन भएको छ। महोत्सवमा यसपटक इजिप्टको ‘लिटिल इगल', नेपाल,तान्जानिया, भारतबाट संयुक्त रूपमा ‘होल्डिङ अप द स्काई', युगान्डाबाट ‘नथिङ गोइन अन', अमेरिका/चिचुवाबाट ‘सिलिकोन भ्याली' चयन भएको छ।
यस्तै महोत्सवमा मोरक्को÷फ्रान्सबाट ‘मिली मुवा', सेनेगलबाट ‘ह्येनास', युगान्डाबाट ‘फेटल डेस्टिनी', रुवान्डाबाट ‘अ प्लेस फर माइसेल्फ' चयन भएका छन्। महोत्सवमा प्रदर्शन गरिने चलचित्रमा अफ्रिकाको राजनीतिक, सांस्कृतिक, पर्यटकीय एवं जीवनशैली समेटिएको महोत्सवका निर्देशक तथा कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा. मञ्जु मि श्रले बताइन्।
‘चलचित्रको माध्यमबाट नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदानसँगै पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो', डा. मिश्रले भनिन्।