विनोद चौधरीसँग चिनियाँ राजदूतको जिज्ञासाः चिनियाँ व्यवसायीसँगको कारोबारमा समस्या छ कि ?

 विनोद चौधरीसँग चिनियाँ राजदूतको जिज्ञासाः चिनियाँ व्यवसायीसँगको कारोबारमा समस्या छ कि ?

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत यू होङले चिनियाँ व्यवसायीसँगको कारोबारमा नेपाली व्यवसायीको कुनै समस्या रहे नरहेको बारेमा जिज्ञासा राखेकी छिन्। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीसँग मंगलबार काठमाडौंमा भएको भेटमा राजदूत यू होङले त्यस्तो जिज्ञासा राखेकी हुन्।

चीनसँगको व्यवसायिक कारोबारमा कुनै समस्या छ कि भन्ने चासो चिनियाँ राजदूत यू होङले अध्यक्ष चौधरीसँगको भेटमा राखेको सो कम्पनीले जनाएको छ। नेपाल र चीनका विभिन्न शहरबीच सिधा हवाई सम्पर्क कायम हुनुले दुई देशबीचको आर्थिक सम्बन्ध पनि विस्तार हुँदै जाने विश्वास राजदूत होङले व्यक्त गरिन्। चिनियाँ राजदूत होङले नेपाल र चीन बीचको आर्थिक सम्बन्ध थप बलियो बन्दै गएकोमा खुसी व्यक्त गर्दै दुई देशका नीजि क्षेत्रबीच सहजीकरण गर्न आफू तयार रहेको बताइन्।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी अघिल्लो साता चीन भ्रमणमा रहदा त्यहाँको नीजि क्षेत्रसँग भेटवार्ता गरेका थिए। चौधरी ग्रुपले चीनमा दुई रिसोर्टमा लगानी गरेको छ। भेटमा राजदूत होङले नेपालमा चौधरी ग्रुपले सामाजिक क्षेत्रमा पु¥याएको योगदान सकारात्मक रहेको बताएकी छिन्।

भेटमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालका ठूला परियोजनामा लगानीका लागि चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न राजदूत यु होङको ध्यानाकर्षण गराएका थिए।

चौधरी ग्रुपको अवलोकन भ्रमण गर्न पुगेकी राजदूत होङसहित चिनियाँ राजदूतावासका उच्चपदस्थ अधिकारीलाई स्वागत गर्दै अध्यक्ष चौधरीले चिनियाँ लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको बताए।

‘पक्कै पनि नेपालमा चिनियाँ लगानी वृद्धि भइरहेको छ। तर, जलस्रोत, पूर्वाधार र वित्तिय क्षेत्रका वृहत परियोजनामा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्नु जरुरी छ’, अध्यक्ष चौधरीले राजदूत होङसँग व्यक्त गरेको भनाइ उघृत गर्दै चौधरी ग्रुपका जनरल म्यानेजर मधुसुदन पौडेलले भने, ‘नेपाल चिनियाँ लगानीकर्तालाई स्वागत गर्न तयार छ।’

नेपालका बृहत परियोजनामा चिनियाँ र नेपाली लगानीकर्ताबीचको साझेदारी प्रभावकारी हुने धारणा राख्दै अध्यक्ष चौधरीले त्यसका लागि दुवै देशका सरकारले आ–आफ्नो देशका नीजि क्षेत्रलाई प्रोत्साहित गर्नु पर्ने बताए।

नेपालमा लगानीको वातावरण कमजोर रहे पनि लगानी पश्चातको प्रतिफल अन्य राष्ट्रहरूको भन्दा उच्च रहेकाले विश्वभर लगानी गर्दै आएका चिनियाँ लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बन्ने चौधरीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.