जुम्लाको स्याउ विक्रीका लागि अर्घाखाँचीमा

जुम्लाको स्याउ विक्रीका लागि अर्घाखाँचीमा

सन्धिखर्क: जुम्ला जिल्लाको सिजा गाउँपालिका २ का ५२ वर्षिय भिमप्रसाद जैसीको परिवार र धनराज चौलागाईको परिवार आफनै घरमा उत्पादन भएको स्याउँ विक्रीका लागी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आएका छन्। दिउँसोको टण्टलापुर गर्मीमा उनीहरुलाई गर्मी पनि भएन, धौ पनी भएर दिनभर गल्ली गल्लीमा पुगेर श्याउँ विक्री गरे।जुम्लाबाट कोहलपुर सम्म ट्रकमा, कोहलपुरबाट बसमा सन्धिखर्क ल्याएको उनीहरुले बताए।

 

सन्धिखर्कमा यतिबेला स्याउँको मुल्य किलोमा २०० भन्दा बढी छ, तर उनिहरुले अर्गा्निक केही विषादी नराखेको प्रति केजी १५० रुपैँयामा विक्री गरिरहेका छन्।

गत वर्ष पनि सन्धिखर्कमा स्याउँ विक्री गर्न आएका उनीहरुलाई सन्धिखर्कले मोह लगायो, सन्धिखर्कबासीँहरु अर्गा्निक स्याउँ पाएँसँगै खुसी भएर किन्छन जैसीले भने।

उनीहरु आफनो पेशाबाट सन्तुष्ट भएको बताउँछन, सन्तुष्ट हुदाँ हुदैँ पनी सरकारले कोल्डस्टोरको व्यवस्था गरिदिएमा राम्रो हुने थियो, आफनै देशमा उत्पादन भएकोलाई सरकारले उचित ध्यान दिनुपर्छ जैसीले बताउनु भयो।

आफनै बारीमा उत्पादन हुदाँ खुसी छौ, तर नेपालमा विषादी नराखीकन उत्पादन गरेको अर्गानिक फलफुल नेपालीले नै खाउँन, प्रचार प्रसार होस भनेर सन्धिखर्क सम्म ल्याएको उनीहरुले बताए।

विक्री गर्न समस्या छैन, तराईमा कोहलपुर ल्याएपछि बिक्री गर्न चाहाने हो भने उतै नै विक्री हुन्छ, तर अर्गा्निक फलफुलको प्रचारप्रसार र नेपालमा उत्पादन भएकालाई सरकारले पनी ध्यान दिन्छ कि भनेर विभिन्न जिल्ला जिल्लामा विक्रीका लागी लैजाने गरेको उनीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.