विराटनगर जुटमिल पुनः सञ्चालन तयारी

विराटनगर जुटमिल पुनः सञ्चालन तयारी

विराटनगर : सरकारले विराटनगर जुटमिल फेरि सञ्चालन गर्ने भएको छ । पटकपटक राजनीतिक हस्तक्षेपको मारमा परेको नेपालको पहिलो योे उद्योग सञ्चालन गर्न पार्टपुर्जा मर्मत गर्न थालिएको छ । उद्योग लामो समयदेखि बन्द छ ।मिलमा भएका कामै नलाग्ने पार्टपुर्जा फेरिँदै छ भने काम लाग्ने पार्टपुर्जाको मर्मत गरिएको छ । दुई महिनादेखि मर्मत सुरु गरेको ३२ जना प्राविधिकको टोलीले ८० प्रतिशत काम पूरा गरेको मिलका निर्देशक राजेन्द्र कार्कीले जानकारी दिए । ‘अब २० प्रतिशत काम बाँकी छ', उनले भने, ‘मिलका लागि आवश्यक विद्युत् ट्रान्समिटर जोड्नेबित्तिकै व्यावसायिक उत्पादन सुरु गर्छौं ।'

 

अहिले मिलमा ११ केभीए क्षमताको विद्युत् लाइन जडान छ । तर उद्योग पूर्ण रूपमा सञ्चालनमा ल्याउन ३३ केभीए क्षमताको विद्युत् ट्रान्सफर्मरको आवश्यकता पर्ने र त्यसका लागि खरिद प्रक्रिया अघि बढेको मिल प्रशासनले जानकारी दिएको छ । मंसिर पहिलो साताबाट मिल सञ्चालन गर्ने योजना छ । मिलले दैनिक २० टन सामान उत्पादन गर्ने बताएको छ । दुईवटा प्लान्ट रहेको मिलमा पहिलो चरणअन्तर्गत एउटा प्लान्ट सञ्चालनमा ल्याइनेछ । मिल सञ्चालन गर्न कम्तीमा पाँच करोड पुँजी आवश्यक पर्ने निर्देशक कार्कीले जानकारी दिए । उनका अनुसार विदेशबाट कच्चापदार्थ झिकाउनुपर्ने हुँदा पहिलोपटक पुँजी लगानी गर्नुपर्नेछ । उत्पादनलाई बजार अभाव छैन ।


दुई महिनादेखि मर्मत थालेको ३२ जना प्राविधिकको टोलीले ८० प्रतिशत काम पूरा गरेको छ ।

अहिले नेपाली बजारमा ९८ प्रतिशत जुटको कच्चापदार्थ विदेशबाट आउँछ भने प्रशोधित जुटजन्य ९० प्रतिशत वस्तु पुनः विदेश नै जाने गर्छ । पछिल्लो समयमा नेपालमा कृषकले जुटखेती लगाउन छाडेपछि जुट उद्योग समस्यामा छन् । जुट अभाव कम गर्न विराटनगर जुट मिलले समेत कृषकमैत्री कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।

सरकारले भारतीय कम्पनी विनसम इन्टरनेसनललाई विराटनगर जुटमिल चलाउने जिम्मा दिए पनि विभिन्न कारण देखाउँदै २०७१ साल असोजदेखि मिल बन्द भएको थियो । बन्द मिल खुलाउन पहल गरिए पनि सरकारले राजनीतिक नियुक्तबाट प्रमुख तोक्दै आएको थियो । तर मिल खुल्न सकेको छैन।

सरकारले मिल सञ्चालन गर्न सञ्चालक समिति तोकी यसलाई मूर्त रूप दिएको हो । मिललाई आवश्यक ३३ केभीए प्रसारण लाइन माग गरे पनि भारतीय कम्पनी विनसमलाई सरकारले विद्युत् लाइन दिन सकेको थिएन । सोही बहानामा सरकारले विदेशी कम्पनीलाई औपचारिक रूपमा बिदा दिएपछि अहिले मिल सञ्चालक समितिले आफ्नो स्वामित्वमा मिल सञ्चालन गर्ने तयारी गरेअनुसार मेसिनका पार्टपुर्जा मर्मत गर्न थालेको हो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.